भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
श्रीमान् मलेसियामै बितेपछि तीन सन्तान छोडेर आमा बेपत्ता…
बर्दिया : गुलरिया नगरपालिका २ संगम बस्तीका गंगाबहादुर वली धन कमाउने सुन्दर सपना बोकेर २०७१ सालमा मलेसिया पुग्नुभयो। माओवादी जनयुद्धका क्रममा जनमुक्ती सेनामा काम गरेका पूर्व लडाकू वली गणतन्त्र स्थापनापछि आर्थिक अवस्था सुदृढ गर्न मलेसिया पुग्नुभएका हो।
मलेसिया पुगेको एक वर्षमै २०७२ सालमा कामकै शिलसिलामा गंगाबहादुरको निधन भएको खबर आयो। श्रीमान्को विदेशमै निधन भएको खबरले उनको परिवार शोकमा डुब्यो। केही समय बालबालिकाको हेरचाहमा सक्रिय भएकी गंगाबहादुरकी पत्नी निर्मल ६ महिनादेखि बेपत्ता हुँदा तीन बालबालिकाको विचल्ली भएको हो।
बाबुको विदेशमै मृत्यु भएको र आमाले समेत छोडेर हिँडेपछि वलीका दुई छोरी र एक छोरा अहिले गाउँलेको संरक्षणमा छन्। समाजका अगुवा पूर्णबहादुर महताराका अनुसार गाउँलेले बालबालिकाको संरक्षण गरेका छन्। गाउँलेको संरक्षणमा ७ वर्षीया छोरी निलम, ४ बर्षीया कान्छी छोरी सन्ध्या र दुई वर्षीय छोरा निर्दोष बसिरहेका छन्।
बालबालिकाकी आमा ६ महिनादेखि बेपत्ता भएपछि गाउँमा उनले अर्को विवाह गरेको हल्ला फैलाइएको छ। स्थानीयका अनुसार अर्को विवाहको हल्ला फैलाइएको भए पनि निर्मलाले को सँग विवाह गरिन् भन्ने कसैले देखेका छैनन्। स्थानीयले उनको खोजी भइरहेको तर फेला पार्न नसकेको बताएका छन्।
स्थानीयले बालवालिकाको उद्धारका लागि जिल्ला प्रशासन कार्यालय बर्दिया, गुलरिया नगरपालिका लगायतका क्षेत्रमा खवर गरेपनि कसैले वास्ता नगर्दा बालबालिको संरक्षण गाउँलेले नै गरेको महताराको भनाइ छ।
जिल्लामा बालवालिकाको क्षेत्रमा काम गर्ने संघ संस्था थुप्रै भए पनि बालबालिकाको शिक्षा र संरक्षणमा पहल गरेका छैनन्। जिल्लामा शैक्षिक शत्र सुरु भए पनि अभिभावक बिहिन बालबालिकालाई विद्यालय पठाउने तयारी भएको छैन।
गाउँलेले बालबालिकाका पालन पोषण गरेपनि शिक्षा दिन नसक्ने बताएका छन्। उनीहरुले बालबालिकाका निम्ति हयोग जुटाउने पहल सुरु गरेका छन्। यद्यपी अहिलेसम्म अभिभावक बिहिनी तीन बालबालिकाको निम्ति कसैले आर्थिक सहयोग गरेका छैनन्।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment