भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
अमेरिकी थाड तैनाथका क्रममा कोरियाको सञ्जुमा भिडन्त,
दक्षिण कोरियामा स्थानियको तिब्र विरोधका वापजूद पनि अमेरिकी सुरक्षाफौजले दक्षिण पुर्वी इलाकामा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली तैनाथीको काम जारी राखेको छ । उत्तर कोरियाबाट संभावित क्षेप्यास्त्र आक्रमणलाई रोक्न भन्दै तैनाथ गर्न लागिएको थाड नामक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको स्थानियवाशीले तिब्र विरोध गरिरहेका छन् । यद्यपी अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले दक्षिण कोरियाली सेनाको सहकार्यमा जति सक्दो छिटो थाड तैनाथ गर्ने योजना भएको सार्वजानिक गरेको छ । योजना सार्वजानिक गरेको छ दिन पछि ग्याङसङबुक्दोको सञ्जुमा थाड तैनाथीको काम भइरहेको कोरियन सञ्चार माध्यमहरुले जनाएका छन् । टर्मिनल हाइ अल्टिच्यूड एरिया डिफेन्स थाड सिस्टम तैनाथ गर्ने विषयमा दुइ मुलुकबीच यस अघि नै सहमती भएको थियो । जसले उत्तर कोरियाको संभावित ब्लास्टिक मिसाइल आक्रमण रोक्ने तथा मिसाइलाई बीचमै नष्ट गर्ने छ ।
गाडिमा मिसाइल प्रतिरक्षा प्रणालीका सामान बोकेर जादै गरेका अमेरिकी सुरक्षाकर्मीलाई सयौ स्थानियले अवरोध गर्दा झडप समेत भएको समचारमा जनाइएको छ । स्थानियले नो थाड , नो वार भन्दै चर्का नाराबाजी समेत गरेका थिए । थाड तैनाथीको विषयमा कोरियनहरु दुइ धारमा देखिएका छन् । आसन्न राष्ट्रपतिय निर्वाचनका प्रत्यासी तथा अग्रस्थानमा देखिएका उम्मेद्वार मुन जे इनले अपदस्थ राष्ट्रपति पार्क गून्ह्योले थाड तैनाथमा विवास्पद निर्णय गरेको र सो निर्णय पुर्नवलोकन गर्नुपर्ने राय राख्दै आएका छन् । उनले थाड तैनाथ नयाँ सरकार निर्माण भए पछि उसले गर्ने निर्णय अनुसार हुनुपर्ने तर्क पनि मूनको छ ।
मून नेतृत्वको नयाँ सरकार बन्ने प्रबल सम्भावना रहेको र नयाँ सरकारले निर्णय उल्टाउने सक्ने भन्दै अमेरिकी सरकारले हतारमा थाड तैनाथीको कार्यलाई तिब्रता दिएको विश्लेषण गरिएको छ । थाड तैनाथमा छिमेकी मुलुक चीनले पनि विरोध गर्दै आएको छ । थाड तैनाथले कोरियाली प्रायद्धिपमा थप तनाब निम्त्याउने सक्ने चिन्ता बेइजीङको छ ।
थाड तैनाथसँगै कोरियाली प्रायद्धिपमा तनाब झन् बढ्ने अनुमान गरिएको छ । अमेरिका र प्योयाङबीच आणविक आक्रमणको वाकयुद्ध चल्दै आएको छ भने गत मंगलबार मात्रै अमेरिकाले सेना र हातहतियाले सुसज्जित युद्धपोत जहाज कोरियाली प्रायद्धिपमा पठाएको थियो ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment