• Breaking News

    Friday, April 28, 2017

    नेपाली अरबपतिको छोराको बिहेमा श्रीलंकाका प्रधानमन्त्रीसहित विशिष्टको घुइँचो

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    नेपाली अरबपतिको छोराको बिहेमा श्रीलंकाका प्रधानमन्त्रीसहित विशिष्टको घुइँचो


     काठमाडौं। नेपालका डलर अरबपति विनोद चौधरीको छोराको बिहेमा श्रीलंकाका प्रधानमन्त्री रानिल बिग्रमासिंघे, शत्रुघन सिन्हा, गायक मीका सिंह, कनिका कपुर, एक्टर डिनो मोरिया, भारतका पूर्व केन्द्रीय मन्त्री कमलनाथलगायतका सेलिब्रेटीहरु सहभागी भएका छन्। विनोदका छोरा बरुण चौधरीको जयपुरका ज्वेलरी व्यवसायी राजकुमार टोंग्याकी छोरी अनुश्री टोंग्यासँग शुक्रबार हुँदैछ। 
    बिहे मारवाडी थिममा हुनेछ। शुक्रबार साँझ साढे ५ बजे साफा बंधीको कार्य हुनेछ। साँझ ७ बजे जन्ती निस्किनेछ र आठ बजे सात फेरा लिने कार्यक्रम राखिएको छ। विनोदका छोरा बरुण होटल व्यवसायमा संलग्न छन्। विनोद चौधरी भारतीय मूलका नेपाली हुन्। विनोदका हजुरबुवा नेपाल आएर सुरुमा व्यवसाय थालेका थिए। त्यसपछि यो परिवारले नेपालमै रहेर व्यवसाय गर्दै आएको छ। 











    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture