• Breaking News

    Tuesday, April 25, 2017

    भक्तबहादुर खड्कासँग प्रेमविवाह गरेँ । एक छोरा र छोरी जन्मिए तर मलाई कहिल्यै सुख भएन । श्रीमान् ले दिनहुँ रक्सी खाएर कुटपिट गर्न थाले

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    भक्तबहादुर खड्कासँग प्रेमविवाह गरेँ । एक छोरा र छोरी जन्मिए तर मलाई कहिल्यै सुख भएन । श्रीमान् ले दिनहुँ रक्सी खाएर कुटपिट गर्न थाले

     कुबेत जाने सपना बोकेर म काठमाडौँ आएकी थिएँ । श्रीमान्सँग सम्बन्ध तोडिएको थियो । स्कुले छोराछोरी हुर्काउन र पढाउन कमाइको कुनै स्रोत थिएन । फ्रि भिसामा कुबेतमा महिला गइरहेको सुनेपछि गाउँ बस्नै मन लागेन । घरमा भएका बाख्रापाठा बेचेर पासपोर्ट बनाएर काठमाडौँ आएँ । गाउँघरतिर फ्रि भिसामा जानेले धेरै दु:ख पाउँछन् भन्थे । मलाई घरै बसेर के सुख पाइएको छ र भन्ने लाग्यो । मरे मरौँला, बाँचे छोराछोरीको भविष्य बन्ला भन्ने ठानेँ । पासपोर्ट हात परे पनि कुबेतको भिसा लागेन । त्यही बेला सरकारले महिला कामदारलाई खाडी मुलुक पठाउन रोक लगायो । घर फर्केर के गर्ने ? काठमाडौँमै काम खोज्न भौतारिएँ । एउटा होस्टेलमा बोलाएको थियो । जाँदा–जाँदै अरूलाई नै राखेछ । जनसेवा गेस्ट हाउसमा कुक खोजिरहेको थाहा पाएँ । १० माघदेखि गेस्ट हाउसले मासिक सात हजार रुपियाँ पाउने गरी मलाई काममा राख्यो ।

    काठमाडौँ गाेंगबुको ६ तले जनसेवा गेस्ट हाउसको भुइँतलामा भान्सामा थिएँ । त्यस दिन गेस्ट हाउसमा २२ पाहुना थिए । सबैका लागि मैले खाना बनाएँ, ख्वाएँ । गीत सुन्दै थिएँ । रिंगटा लागेझँै भयो । कानबाट इयरफोन छुट्यो । पूरै घर हल्लायो । म हत्तपत्त गेस्ट हाउसको काउन्टरछेउ उक्लिएँ । वरपरका घरहरू पनि ढल्लान्जस्तै थिए । होटल सञ्चालकका भाइले मलाई ‘बाहिर नजाऊ, बरू भान्सैमा बस’ भने । म भान्सामा फर्किनु र घर भासिनु एकैपल्ट भयो । भान्सा कोठा कच्याककुचुक भयो । छतको बिम भाँच्चिएर ड्याम्म टाउकोमा ठोक्कियो । छतले ढाड च्याप्यो । आफ्नै सल पासो भएर घाँटीमा अड्कियो । दाहिने हात चल्थ्यो । अरू पूरै शरीर हल न चल भएर थिचिएको थियो । टाउको फुटेर रगत बगिरहेको थियो ।

    बाहिर कल्याङकुलुङ सुनिन्थ्यो । रात परेझै भित्र पूरै अन्धकार थियो । मेरो मन आत्तियो । कसैले उद्धार गर्ला र बाँचिएला भन्ने अलिकति पनि आशा रहेन । बाँच्न त बाँचिन्न । यो हत्तेले कति दिन बाँच्नुपर्ने हो ? बरू छिट्टै मर्न पाए हुन्थ्यो भन्ने लाग्यो । हातले यताउता छामछुम गरेँ । सिसाको टुक्रा भेटियो । छिटो मर्नका लागि एउटा हातले अर्को हातको नाडीमा सिसाले काटेँ । थिचिएर हो कि रगत धेरै आएन । सिसाले घाँटी काट्ने कोसिस पनि गरेँ । सिसाले काट्दा घाउ बन्यो । तर, धेरै नकाटिएरै सिसा भाँचियो । ‘छिटो मर्ने’ प्रयत्न साँझसम्म गरेँ । अर्को भूकम्पको झड्का आउँदासम्म होसमै थिएँ । त्यसपछि केही थाहा पाइनँ । ६ दिनपछि १८ वैशाखमा प्रहरी र इजरायली सेनाको टोलीले मलाई झिक्यो । त्यसको आठ दिनपछि २६ वैशाखमा मात्र मेरो होस खुल्यो । २९ वैशाखमा अर्को भूकम्प आउँदा म अस्पतालको बेडमा होसमै थिएँ ।

    अहिले अपांगसरह छु । दुवै खुट्टामा चोट छन् । बायाँ कान आधा काटिएको छ । हात राम्ररी चल्दैन । धेरै समय थिचिएकाले करङ पनि दुखिरहन्छ । घोप्टो पर्न सक्दिनँ । गरिब मान्छे । ज्याला मजदुरी नगरी खान पुग्दैन । काका र भाइबुहारीको सहारामा बाँचेकी छु ।

    हाम्रो परिवार दैलेखको लाकुरीबाट ०४३ सालमा बर्दियाको मगरागढी–६, सिउनिया झरेको हो । दुई कठ्ठा ऐलानी जग्गा छ । त्यसैमा घर छ । ६ महिना भारतमा रोजगारी गर्ने । ६ महिना अँधिया मजदुरी गरेर सुखदु:ख जीविका चल्दै थियो । बुबाले अर्को बिहे गरे । त्यसपछि म कक्षा ६ बाटै स्कुल छाडेर आमालाई सघाउन थालेँ ।

    ०५७ सालमा मैले शिवपुरका भक्तबहादुर खड्कासँग प्रेमविवाह गरेँ । एक छोरा र छोरी जन्मिए । तर, मलाई कहिल्यै सुख भएन । श्रीमान् ले दिनहुँ रक्सी खाएर कुटपिट गर्न थाले । एक दिन, दुई दिन पो हुन्छ । सधैँ कसरी सहनु ? घर छाडेर माइती आएँ । लिन आउलान्, अब दु:ख नदेलान् भन्ने लागेको थियो । अर्को बिहे गरेको पो खबर आयो । कानुनी रूपमा हाम्रो सम्बन्धविच्छेद भएको छैन । मैले उसलाई बहुविवाहको मुद्दा पनि लगाइनँ । न अहिलेसम्म अंश मागेकी छु । एक्लो मान्छेको पछि लागिदिने समाजमा कोही छैन । छोराछोरी हुर्किएपछि आफैँ बाउको अंश खोज्लान् भनेर बसेकी छु ।
    म भूकम्पमा परेको काका दुर्गाबहादुर थापाले पाँच दिनपछि थाहा पाउनुभएछ । छोरीको लास माइतीले बुझ्नु हुन्न भन्ने मान्यताले मेरो घरमा खबर गर्नुभएछ । लास बुझ्न भनेर जेठानी मधु खड्का र देवर काठमाडौँ पुग्नु पनि, म जीवितै भेटिनु पनि एकै दिन भएछ ।

    अस्पतालमा म चार महिना बसेँ । घर आइपुग्दा आफू मरेर फर्केको अनुभूतिले रोएकी थिएँ । मनमा अथाह चोट भए पनि शरीर तन्दुरुस्तै थियो । भूकम्पमा थिचिएर त्यो पनि रहेन । १२ वर्षीया छोरी अञ्जली ५ कक्षामा पढ् छिन् । १० वर्षीय छोरा जीवन २ कक्षामा छन् । उनीहरूलाई कसरी हुर्काउने हो ? कसरी पढाउने हो ? कमाइको स्रोत केही छैन । कुबेत जाने भनेर भएका बाख्रापाठा पनि बेचियो । अब कसरी जीविका चलाउने सोच्नै सकेकी छैन ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture