• Breaking News

    Wednesday, April 26, 2017

    एमालेको अडानले सरकार पछि हटेपछि मोर्चा बन्यो आक्रोशित,परिणाम गम्बिर हुने छ भन्दै राजपाले गर्यो आन्दोलन गर्ने घोषणा

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    एमालेको अडानले सरकार पछि हटेपछि मोर्चा बन्यो आक्रोशित,परिणाम गम्बिर हुने छ भन्दै राजपाले गर्यो आन्दोलन गर्ने घोषणा

    काठमाडौं – मधेसी दलले सत्ता घटक र प्रमुख प्रतिपक्षी एमालेबीच स्थानीय तहको संख्या तत्काल नथप्ने भनी भएको सहमतिको विरोध गर्दै फेरि आन्दोलनमा जाने चेतावनी दिएको छ । सत्ताघटक र एमालेबीच भएको सहमतिपछि अवरुद्ध संसद बुधबार साँझदेखि खुले पनि त्यही कारण मधेसी दल असन्तुष्ट भएका हुन् ।

    राजपा नेता राजेन्द्र महतोले सरकारले भद्र सहमति तोडेको आरोप लगाउँदै अब यसको परिणाम गम्भीर हुने चेतावनी दिए । ‘हामी आन्दोलनकारी पक्ष हौं, हामीसँग सरकारले राज्य पक्षबाट ११ जिल्लामा जनसंख्याको अनुपातमा स्थानीय तह बढाउने सम्झौता गरिसकेको छ,’ महतोले भने, ‘तर सहमति लागू हुन नपाउँदै सरकार पछि हट्छ भने यसको परिणाम गम्भीर हुन्छ । हामी तुरुन्तै बसेर आवश्यक निर्णय गर्छौं ।’

    राजपाका अर्का नेता शरतसिंह भण्डारीले सरकारले पूर्वसहमति तोडेको आरोप लगाउँदै अब आन्दोलन घोषणा हुने चेतावनी दिए । ‘सरकारले नै हामीसँग भद्र सहमति गरेको हो, त्यसैको विश्वासमा हामीले आन्दोलनका कार्यक्रम स्थगन घोषणा गरेका हौं,’ भण्डारीले भने, ‘यो गलत निर्णय आज भएको छ । हामी अध्यक्ष मण्डल बसेर आवश्यक निर्णय गर्छौं ।’

    एमाले संसदीय दल उपनेता सुवास नेम्वाङले भने स्थानीय चुनावका सबै कार्यक्रम घोषणा भइसकेको अवस्थामा सरकारले केही दिनअघि गरेको निर्णय आचारसंहिताविरुद्ध रहेकाले प्रतिपक्षीले निरन्तर घच्घच्याएको हुँदा त्यसलाई सत्ता घटकले फिर्ता लिएको जानकारी दिए ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture