भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
क्यान्सरको उपचार पछि म एलियन जस्तै देखिएकी थिएँ : मनिषा कोइराला
काठमाण्डौ । अभिनेत्री मनीषा कोइराला भखैरै क्यान्सरबाट मुक्त भएकी छन् । हालै अन्तर्वार्तादिँदा उनले क्यान्सरको उपचारका क्रममा कोइरालाले आफू एलियन जस्तो देखिएको बताईन् । किमोथेरापीका कारण उनको कपाल पूरै झरेको थियो र शारिरिक रुपमा पनि उनि निकै कमजोर भएकी थिईन् । लामो समय देखि मनीषा फिल्म क्षेत्रबाट टाढा थिईन्, तर संजय दत्तको जीवनमाथी आधारित भएर निर्माण भैरहेको फिल्ममा उनी संजयकी आमा नरगिसको भूमिकामा देखिँदैछिन् । यस फिल्ममा संजय दत्तको भूमिका रणबीर कपूरले निर्वाह गरेका छन् ।
बलिउडमा निकै हिट फिल्म दिईसकेकि मनीषालाई डिसेम्बर २०१२ मा ओवेरियन क्यान्सर भएको थियो । अमेरिकामा करिब ६ महिना लामो क्यान्सरको उपचारपछि सन् २०१३ मा मनीषा पूर्णरुपमा ठिक भएकी हुन् ।
मनिषासँग अन्तर्वार्ताको क्रममा, “किमोथेरापी लिएपछि के तपाई आफ्नो लुकलाई लिएर चिन्तित हुनुहुन्थ्यो भनेर प्रश्न गर्दा उनले “मलाई यो त थाहा थियो कि मेरो कपाल झरिसकेको छ तर म आफ्नो लुकलाई लिएर श्योर थिइन ।” भनिन् ।
“क्यासर जस्तो विरामीबाट लडेर निस्किएको मान्छेको लुक पक्कै पुरानो जस्तो त हुँदैन । मलाई थाहा थियो कि क्यान्सरबाट लड्नका लागि म मेन्टली तयार हुनुपर्छ र यसका लागि मलाई फ्यामिलीको पूरा सपोर्ट मिल्यो । किमोथेरापीपछि मेरो कपाल र आईब्रो पूरै झरेको थियो । त्यसबेला जब म ऐना हेर्थें तब आफूलाई एलियन जस्तो महशुस गर्थे ।”
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment