• Breaking News

    Friday, April 28, 2017

    विज्ञानलाई चुनौती दिँदै ८ दिन सम्म जमिनमुनि बसेर बाहिर निस्किए कृष्णदास

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    विज्ञानलाई चुनौती दिँदै ८ दिन सम्म जमिनमुनि बसेर बाहिर निस्किए कृष्णदास

     सुनसरी । सुनसरीमा सिद्धबाबा कृष्णदास तेस्रोपटक समाधि बसेर ८ दिनपछि हिजो बुधबार बाहिर निस्किएका छन् । गत चैत १६ गते राति १० बजेर २ मिनेटजाँदा सुनसरीको चतराधाममा आफ्नै कुटीमा समाधिमा बसेका उनी बिनाअक्सिजन ८ फिट गहिरो जमिनमुनि बसेर हिजो बिहान १० बजे समाधिबाट बाहिर निस्किएका हुन्।

    कृष्णदास समाधि बसेपछि बाकसमाथिको माटोमा जमरा उम्रिएको छ। उनी समाधिमा बसेपछि हेर्न भक्तजनहरुको अधिक घुइँचो नै लाग्ने गरेको थियो। ८ दिन सम्म समाधी बसेका सिद्धबाबा कृष्णदास सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजकुमार रौनियारको उपस्थितिमा समाधिबाट बाहिर निस्किएका हुन्।

    कृष्णदास यसअघि पनि सुनसरीको चतरामा पहिलोपटक र पोखरामा दोस्रोपटक ८ दिनसम्म समाधिमा बसेका थिए। कृष्णदास समाधी बसेको यो तेस्रो पटक हो ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture