• Breaking News

    Saturday, May 20, 2017

    यसरि भैरहेको छ ‘छक्का पन्जा २’ को सुटिङ ? यस्ता छन् नयाँ खुलासा

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    यसरि भैरहेको छ ‘छक्का पन्जा २’ को सुटिङ ? यस्ता छन् नयाँ खुलासा 


     चलचित्र निर्माणको चर्चासँगै प्रतिक्षित बनेको छक्का पञ्जा २ को छायाँकन जारी छ । छक्का पञ्जा ले सर्वाधिक सफलता हात पारेपछि उत्साहित भएर दीपकराज गिरी र दीपाश्री निरौलाले त्यसको सिक्वेल बनाउने निधो गरेका थिए । यहि चलचित्रले दीपालाई कलाकारबाट सफल निर्देशकको रुपमा स्थापित गरायो । त्यसैले उनी अहिले छक्का पञ्जा २ को एक्सन कटमा व्यस्त छिन् ।
    वैशाख १४ गते भक्तपुरको सुर्यविनायक मन्दिरमा शुभमुहुर्त गरि छायाँकन सुरु गरिएको चलचित्रको मह स्टुडियो बुढानिलकण्ठमा छायाँकन भइरहेको छ । गज्जबको अनलाईनसँगको कुराकनीमा निर्देशक दीपाश्री निरौलाले चलचित्रको छाँयाकन तिव्र गतिमा अघि बढिरहेको जानकारी दिएकी छिन् ।

    चलचित्रको ४० देखि ४५ प्रतिशत छायाँकन सकिएको उनको भनाई छ । केहिदिन काठमाण्डौँ बुढानिलकण्ठस्थित मह स्टुडियोमा छायाँकन हुनेछ । काठमाण्डौँको छायाँकन सकेर टोली मकवानपुरको चित्लाङ जानेछ भने यसअघि मिडियामा नखुलाएका सुटिङ स्पस्टहरुमा पनि चलचित्रको छायाँकन हुने दीपाले खुलासा गरेकी छिन् । चलचित्रको सुटिङ काठमाण्डौँ र मकवानपूरको चित्लाङमा मात्र नभएर पाल्पा र गोरखाको घ्यालचोकमा पनि गरिनेछ ।

    ७० जनाभन्दा बढि कलाकारहरुको टोली भएको चलचित्रमा दुईवटा गीतहरु समावेश गरिनेछन् । किरण कँडेल र अल्मोडा राना उप्रेतीको संगीतमा उक्त दुई गीतहरु बनेका हुन् । असोज ११ गते प्रदर्शनको मिति तय भएको यो चलचित्रको सुटिङ जेठको अन्तिम सातामा सक्ने योजना छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture