भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
‘चीनद्वारा अमेरिकी खुफिया सञ्जाल लगभग ध्वस्त’
अमेरिकामा न्यूयोर्क टाइम्स पत्रिकाले विगतमा दुई वर्षे अवधिमा चीनले १८ देखि २० जना सीआइएका अमेरिकी गुप्तचर सूत्रहरुलाई मारिदिएर वा कैद गरेर त्यहाँ अमेरिकाको गुप्तचरी सञ्जाल ध्वस्त बनाइदिएको खबर छापेको छ।
अमेरिकी अधिकारीहरुले सो पत्रिकासंग बोल्दै उक्त घटना दशकौंयता अमेरिकी गुप्तचर सुरक्षाले बेहोरेको सबभन्दा खराब क्षति भन्दै त्यसलाई विगतमा सोभियत युनियनका निम्ति अमेरिकी गोपनीयता भंग गरिदिएका सीआइएका एल्ड्रिक एम्स र एफबीआइका रोबर्ट हानसेनको घटनासंग तुलना गरेका छन्।
'हराउन थाले'
सन् २०११ को शुरुदेखि सीआइएका गुप्तचर सूत्र त्यहाँ हराउन थालेका थिए।
कम्तीमा एकजनालाई सरकारी कार्यालयमै उनका समकक्षीहरुका सामुन्ने गोली हानिएको बताइन्छ।
कतिपयले चीनले सीआइएको खुफिया सञ्चार प्रणाली ह्याक गरेको हुनसक्ने भनेका छन् भने कतिपयले चाहिं चीनका निम्ति कोही अमेरिकी गुप्तचरले नै सन् २०१० ताका ती सूचना चुहाइदिएको हुनसक्ने ठानेका छन्।
सम्वाददाता टम सिंगलटन भन्छन्, "ती विषयमा तत्काल अनुसन्धान गरिए। तर ती दुवै मध्ये कुनैपनि शंकालाई स्पष्ट प्रमाणित गर्न सकिएन। अनि सन् २०१२ सम्म आइपुग्दा अमेरिकाको एउटा महत्वपूर्ण खुफिया सञ्जाल करिब करिब पूर्णत: ध्वस्त भयो।"
सीआइएले ती रिपोर्टबारे केही टिप्पणी गरेको छैन।
ती विषयमा तत्काल अनुसन्धान गरिए। तर ती दुवै मध्ये कुनैपनि शंकालाई स्पष्ट प्रमाणित गर्न सकिएन। अनि सन् २०१२ सम्म आइपुग्दा अमेरिकाको एउटा महत्वपूर्ण खुफिया सञ्जाल करिब करिब पूर्णत: ध्वस्त भयो
टम सिंगलटन, सम्वाददाता
प्रश्न
वर्षौं लगाएर सूचना संकलनका निम्ति निर्माण गरिएको सञ्जालमा सामेल २० जना सम्म सूचना प्रवाहक खुफिया सूत्रहरुलाई ती दुई वर्षको अवधिमा चिनियाँ सरकारले मारिदिएको या कैद गरिदिएको उक्त समाचारपत्रले उल्लेख गरेको छ।
‘एक चीन' नीति त्याग्नसक्ने ट्रम्पको संकेत
ट्रम्प - वेनबीच फोन: चीनको विरोध
चारजना पूर्व सीआइए अधिकारीहरुले उक्त समाचारपत्रसंग बोल्दै चिनियाँ कर्मचारीतन्त्रको भित्री तहमा रहेका सूचनाका सूत्रहरुबाट आइरहने सूचना सन् २०१० मा लगभग रोकिन थाल्यो भनेका छन्।
सन् २०११ को शुरुदेखि ती सूत्र हराउन थाले।
सीआइए र एफबीआइले हनी ब्याजर गोप्य नाम दिइएको अनुसन्धान थाले।
पत्रिकाका अनुसार शंकाको केन्द्रमा एक पूर्व सीआइए अधिकारी थिए तर उनी विरुद्ध प्रमाण भेटिएन। उनी हाल एक अर्को एसियाली देशमा बस्छन्।
त्यतिखेर अनायास चीनसम्बन्धी खुफिया सूचना आउने क्रम बन्द भएपछि ओबामा प्रशासनले के भएको भनी प्रश्न समेत गरेको जनाइएको छ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment