• Breaking News

    Saturday, May 20, 2017

    नुवाकोटकी कविता भइन् सबैभन्दा कान्छी उपमेयर

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस




    नुवाकोटकी कविता भइन् सबैभन्दा कान्छी उपमेयर


     विदुर, ६ जेठ । नुवाकोटको बेल्कोटगढी नगरपालिकाको उपमेयरमा निर्वाचित माओवादी केन्द्रकी कविता ढुंगाना सबैभन्दा कान्छी उपमेयर हुन् ।३१ वैशाखमा सम्पन्न निर्वाचनमा ढुंगानाले ६ हजार ६ सय ६६ मत ल्याएर विजयी भइन् । मेयरमा भने एमालेका राजेन्द्ररमण खनाल ६ हजार ६ सय ४३ ल्याएर विजयी भए । व्यवस्थापनमा स्नातत्तोकर र कानुनमा स्नातक उनी २६ वर्षकी भइन् । पढाई सकेर उनी अधिवक्ताका रुपमा काम गर्दागर्दै सक्रिय राजनीतिमा लागेकी हुन् । माओवादी निकट अखिल क्रान्तिकारीकी केन्द्रीय सचिवालय सदस्य ढुंगाना तत्कालिन नुवाकोट जिविस सभापति भरतप्रसाद ढुंगाना पुत्री हुन् । 
    ०५४ सालमा नेकपा एमालेका तर्फबाट सभापति निर्वाचित ढुंगाना एमाले विभाजन हुँदा बामदेव गौतमसँगै माले भए । सभापतिको कार्यकाल एक वर्षभन्दा बढी समय छँदै उनले ०५८ असोजमा राजीनामा दिएर माओवादी प्रवेश गरे । ढुंगानालाई तत्कालीन शाही नेपाली सेनाले धादिङको गुम्दीमा नियन्त्रणमा लिएर हत्या गरेको थियो ।  

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture