• Breaking News

    Saturday, May 20, 2017

    झनझन रोचक बन्दै परिणामः वडा नम्बर १० गन्दा रेणुले पाइन बढि मत, यस्तो छ मत-गणित

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    झनझन रोचक बन्दै परिणामः
    वडा नम्बर १० गन्दा रेणुले पाइन बढि मत, यस्तो छ मत-गणित


     भरतपुर । रोकिएको मतगणना सुरू भएपछिको पहिलो नतिजाले माअोवादीको पल्ला भारी बनाएको छ। वडा नम्बर १० को मत गन्दा माअोवादी उम्मेद्वार रेणु दाहालको मत बढी देखियो।

    रेणुले २४४ मत पाउँदा एमालेका उम्मेद्वार देवी ज्ञवालीले १९२ मत पाए। वडा नम्बर १० को ६०० मत गणना हुँदा केही मत अन्य उम्मेद्वारले काटेपनि टक्करमा रहेका यी दुइ उम्मेद्वारले ४३६ मत आपसमा बाँडेका हुन्।
    पछिल्लो परिणाम अनुसार देवी ज्ञवाली रेणु दाहालभन्दा २९४ मतले अग्रता पाएका छन्। वडा १० को मतले ज्ञवालीको अगुवाइ घटाएको छ भने रेणुका लागि मतअन्तर खुम्च्याएको छ।

    सार्वजनिक गरिएको पछिल्लो मत परिणाम अनुसार ज्ञवालीले १५३४७ मत पाएका छन् भने दाहालले १५०५३ मत ल्याएकी छन्।
    पछिल्लो गणनामा देवी ज्ञावलीका लागि १९२ मत थपियो भने रेनु दाहालको २४४ मत थपिएको हो।

    कडा टक्करमा अगाडि बढेको यो मतनतिजाले अन्तिममा बाजी कस्ले मार्ला भन्ने थप काैतुहलता जगाएको छ।

    एमाले (देवी ज्ञवाली) ले थपे – १९२
    माओवादी (रेणु दाहाल) ले थपेको – २४४
    कुल
    देवी – १५३४७a

    रेणु – १५०५३

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture