• Breaking News

    Saturday, May 20, 2017

    जितको भोजभतेर गरेको १ दिन न पुग्दै अधक्ष पद चट ! कारण यस्तो रहेछ !

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    जितको भोजभतेर गरेको १ दिन न पुग्दै अधक्ष पद चट ! कारण यस्तो रहेछ !

     जाजरकोट, जेठ ६ – लामो संघर्ष पछि चुनाव जितेका एक नेताको २४ घण्टा नपुग्दै पद खोसिएको छ । जाजरकोटको भेरी नगरपालिका वडा नं २ को खुला वडा सदस्यमा विजेता घोषणा गरिएका बलराम वलीको पद २४ घण्टा नबित्दै खोसिएको हो ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले मत परिणाम घोषणा गल्ति भएको भन्दै मतपरिणाम उल्टाएको हो । अघिल्लो दिन सार्वजनिक गरेको भन्दा भोलिपल्ट सूचना प्रकाशित गरेर भुल बस भएको भन्दै अर्कैलाई विजेता घोषणा गरेको छ ।

    सूचना अनुसार बढी मत प्राप्त गर्नेलाई विजेता घोषणा नगरेर कम मत प्राप्त गर्नेलाई विजेता घोषणा गरिएको हो । बाहिर बलराम र उनका शुभ चिन्तकसहित नेता कार्यकर्ता मत परिणामको व्यग्र प्रतिक्षा गरिरहेका थिए । त्यसपछि विजयी भएको परिणाम घोषणा भएपछि नारा लगाउँदै विजयी जुलुस लिएर आफ्नो घर फर्किका उनले आफन्त तथा शुभचिन्तकलाई भोज समेत खुवाएका थिए।

    तर बिहीबार निर्वाचन अधिकृतको कार्यालयले गल्ति भएको भन्दै पुर्णबहादुर खत्रीलाई विजेता घोषणा गरेपछि उनी छागाँबाट खसे जस्तै भए । दुुवैजना माओवादी केन्द्रबाट उम्मेवार रहेका थिए । यसअघि खुला खुला सदस्यमा नेपाली कांग्रेसका तारालाल रोकाय र माओवादी केन्द्रका बलराम वलीलाई विजयी घोषणा गरिएको थियो ।

    बलरामले ५१६ मत प्राप्त गरेको र उनी भन्दा दुई मत बढी अर्थात ५१८ मत ल्याए पूर्णबहादुरलाई विजेता घोषणा गर्नु पर्नेमा कम्प्युटर टाइपमा गल्ती भएकोले फेरि मत परिणाम सच्याएर पूर्णबहादुर खत्रीलाई विजेता घोषणा गरेको जनाइएको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture