भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
"म मेनुका प्रधानको अर्को परिचय आज ‘साइँली’ बनेको छ ।"पुरा पढ्नहोस्
जेष्ठ ५, २०७४- फिल्मी दुनियाँको रसरंगमा छाएको ५ वर्ष बितिसकेपछि नायिका मेनुका प्रधान आफैं अचम्ममा परिन्– ‘साइँली’ चिनारीबाट ।
फिल्मी दुनियाँमा निकै चल्तीको नाम भए पनि मेनुकाले गएको जनवरी महिनामा एउटा म्युजिक भिडियोमा अभिनयको प्रस्ताव आउँदा सुरुमा अन्योल मानिरहिन् । ‘सुन साइँली’ गीतको ख्याति उतिसारो चलिसकेको थिएन, गायक हेमन्त राना र कलाकार गौरव पहारी ‘साइँली’ को खोजी गर्दै मेनुकासम्म पुगेका थिए ।
‘सुरुमा गीत सुन्नासाथै निकै छोएको थियो,’ भाइरल रुघामार्गीले थलिएर घरमै आराम गरिरहेकी मेनुकाले सुनाइन्– ‘त्यसअघि नै वैदेशिक रोजगारीमा गएर घरपरिवारबाट टाढिएका धेरै नेपाली दाजुभाइको स्थिति पनि मैले थाहा पाइसकेकी थिएँ ।’ आफू कुनै कार्यक्रम लिएर अथवा अरू अवसरमा खाडी मुलुक जान नपाएको भए पनि ‘सुन साइँली’ गीतमार्फत देखाउन खोजिएको मानवीय संवेदनामा आफू जोडिन पाएकोमा मेनुका निकै खुसी थिइन् ।
अहिलेसम्म १ करोडभन्दा बढी ‘भ्युवर’ पाइसकेको सुन साइँलीको आफ्नो दृश्य खिच्न काठमाडौं छेउकै गाउँमा एक दिन लागेको भए पनि यसमा ‘वर्षौंवर्षको कथा समेटिएको झैं’ प्रतिक्रिया आफूले पाइरहेको उनले सुनाइन् । कम्प्युटर विज्ञानमा दस जोड दुई पढेकी मेनुकाले फिल्मी दुनियाँ र अभिनयमा लाग्ने अठोट सानैमा लिएकी रहिछन् ।
भिसागर्ल, भिजिलान्ते, सुनगाभा, उत्सव, रेशम फिलिली, को आफ्नो, गाजलु, रातो घर जस्ता नेपाली फिल्ममा प्रभावपूर्ण अभिनय देखाइसकेकी मेनुका नवलपरासी, गैंडाकोटबाट काठमाडौं छिरेकी हुन् । अहिले मोहन राईको ‘महानगर’ फिल्ममा व्यस्त रहेकी मेनुकालाई अहिले के लागेको छ भने जीवनसँग नजिक भएको ‘ए साइँली’ टाइपको सिर्जनाले जति बढी चिनारी दिएको छ, त्यति नै अपनत्व पनि । गीतमा परदेशिएका श्रीमान् बनेर अभिनय गर्ने गौरव पहारीको भूमिका पनि उत्तिकै दह्रो देखिन्छ । उनलाई साइँली गीतमा यसका हृदय छुने शब्द र कालीप्रसाद बाँस्कोटाको संगीत उत्तिकै प्रिय लागेको रहेछ । ‘गाउँले साइँलीका रूपमा इमोसन देखाउने कुरामा मलाई विश्वास गरिएकोमा मलाई एकदमै खुसी लागेको छ,’ उनले थपिन्, ‘म मेनुका प्रधानको अर्को परिचय आज ‘साइँली’ बनेको छ ।’
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |



No comments:
Post a Comment