• Breaking News

    Saturday, May 20, 2017

    योनिको बाहिरी भागको छाला किन कालो भएको ? थाहा पाई राखौ

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    योनिको बाहिरी भागको छाला किन कालो भएको ? थाहा पाई राखौ  

     योनिको बाहिरी छाला किन कालो भएको ? सबैको यस्तै हुन्छ ? त्यो के कारणले भएको हो ? धेरै यौनसम्पर्कले गरे कालो हुन्छ भन्छन्। के यो सत्य हो ? यस्तो कालोपन हटाउन के गर्नुपर्ला ? योनिको बाहिरी भाग के हो ?महिलामा प्रत्यक्ष रूपमा योनिलाई नै यौनअङ्ग मानिन्छ। महिलाहरूमा योनिबाहेक अन्य विभिन्न अङ्ग पनि यौनका दृष्टिकोणले संवेदनशील हुन्छन्।

    त्यसमध्ये केही प्रमुखका बारेमा छोटो चर्चा गरौं। भगक्षेत्र पुरुषको तुलनामा महिलाका यौनअङ्गहरू बाहिरबाट हेर्दा त्यति स्पष्ट हुँदैनन्। झट्ट हेर्दा छालाका दुई पत्र एक-अर्कामा टाँसिएको जस्तोमात्र दे खिन्छ। यसैलाई हामी समग्रमा भग भन्छौं र यसैको भित्रतिर नै सबैजसो अन्य अङ्ग हुन्छन्। युवतीहरूमा यही भगको माथिपट्ट िबोसोयुक्त तन्तुले बनेको क्षेत्र हुन्छ, जसले नै यौन तथा प्रजनन अङ्गहरूलाई सुरक्षा प्रदान गर्छ। यौनाङ्ग क्षेत्रको यस भागलाई अंगे्रजीमा mयलक उगदष्क -मोन्स प्यूविस) भनिन्छ।

     हामीले युवतीको भग क्षेत्रमा भएका छालाको पत्रलाई फर्कायौं भने भित्रतिर ठूलो भगोष्ठ, सानो भगोष्ठ, भगांकुर तथा योनिद्वारजस्ता विभिन्न अङ्ग देख्न सकिन्छ। ठूलो भगोष्ठ ः यो भगक्षेत्रको सबैभन्दा बाहिरी भाग हो। यसमा दायाँ-बायाँ गरेर बोसोयुक्त तन्तुले बनेका दुई पत्र हुन्छन्। यी ठूला भगोष्ठह रूलाई बाहिरतिर फर्काउनाले दुवैतिर एक-एक गरेर दुई साना भगोष्ठ देखिन्छन्। यही साना भगोष्ठले भित्री भगक्षेत्रलाई छोपेर राखेको हुन्छ र एक किसिमले सुरक्षा प्रदान गरेको हुन्छ। यी ठूला तथा साना भगोष्ठको छेउ माथि र तलतिर एक-अर्कामा जोडिएका हुन्छन्। यी भगोष्ठको आकृति व्यक्ति-व्यक्तिअनुसार एकदमै फरक-फरक हुन सक्छ। यी दुवै भगोष्ठ यौन संवेदनशील र उत्तेजनाका बेला सामान्य अवस्थाकोभन्दा केही ठूला हुन्छन्। भगांकुर ः महिला शरीरमा भएको यो नै सायद सबैभन्दा महत्त्वपूर्ण यौनअङ्ग हो। यो भगक्षेत्रको माथिल्लो भागतिर हुन्छ जहाँनिर भगोष्ठ दुवै तिरबाट एक-आपसमा जोडिन्छन्। यो अंगको काम महिलालाई यौनसुख दिनु नै भएको देखिन्छ। स्पर्श गर्दा वा यौन उत्तेजनाका बेलामा आकारमा तुलनात्मक रूपमा निकै सानो हुने भए पनि यो पुरुषको लिङ्गजस्तै उत्तेजित हुन्छ। योनि ः भगक्षेत्रमा दुईवटा द्वार -प्वाल) हुन्छन् र त्यसमध्ये पिसाब आउनेलाई मूत्रद्वार भनिन्छ, त्यसको मुनितिरको अर्को प्वाललाई योनिद्वार भनिन्छ। योनिद्वार भगक्षेत्रको बीचतिर हुन्छ। यो मांशपेशीले बनेको एकदमै लचिलो यस्तै ३-४ इन्च लामो मार्ग हो। सामान्य अवस्थामा यसका भित्ताहरू एक-अर्कासँग टाँसिएको अवस्थामा हुन्छन्। योनिद्वारनजिकै एकदमै पातलो छालाको झिल्ली हुन्छ, जसलाई योनिच्छेद – हाइमेन) भनिन्छ। यो किन कालो भएको होला ? तपाईंले योनिलाई भन्नुभएको त पक्कै होइन होला, किनभने योनिद्वार मात्र बाहिरतिर हुन्छ। पक्कै तपाईंले भगोष्ठको कुरा गर्नुभएको हुनुपर्छ। हाम्रो बाहिरी छालाको रङ्ग फरक हुने जस्तै भगक्षेत्र तथा भगोष्ठको रङ्ग पनि फरक-फरक हुन्छ। तपाईंको छालाको रङ्गअनुसार यी फरक-फरक हुन सक्छन्। उदाहरणका लागि प्याजी, रातो, गुलाबी, खैरो वा कालो-कालो र यी सबै सामान्य हुन्। किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले यौनाङ्गमा उष्gmभलतबतष्यल मा केही परिवर्तन आउने भएकाले केही गाढा हुन्छ। के कुरा पक्का हो भने यौन उत्तेजना हुँदा उक्त क्षेत्रमा बढी रक्त प्रवाह हुने भएकाले यो बढी गाढा रङ्गको देखिन्छ, तर यौनसम्पर्क गरेका कारण नै यो सधैं कालो हुने होइन। अनुहारको छालाको रङ्ग श्र ृंगार गरेर परिवर्तन गरेजस्तै भगक्षेत्रको रङ्ग परिवर्तन गर्ने एक सजिलो उपाय श्रृङ्गार गर्नु हो, तर अनुहारजस्तो यसलाई देखाएर हिँड्नु नपर्ने भएकाले यसको रङ्ग परिवर्तन गर्नु तथा रङ्गका बारेमा चिन्ता लिनु आवश्यक छैन। शंका लागे चिकित्सकसँग परीक्षण गराउनु बेस नै हुन्छ होला।  

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture