• Breaking News

    Saturday, May 20, 2017

    बलात्कारको आरोप लागेका स्वामीको दाबीः आफैंले काटेको हुँ यौनाङ्ग, कुनै कामको थिएन

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    बलात्कारको आरोप लागेका स्वामीको दाबीः आफैंले काटेको हुँ यौनाङ्ग, कुनै कामको थिएन
    एजेन्सी

     जेठ ७ – केरलमा एक २३ वर्षीया कानूनकी छात्राले आफूमाथि विगत आठ वर्षदेखि बलात्कार गर्ने स्वामीको यौनाङ्ग काटिदिएको घटना शनिबार सार्वजनिक भएको थियो । अहिले उक्त घटनामा नयाँ कुरा सार्वजनिक भएको छ । आरोपी स्वामीले आफ्नो यौनाङ्ग युवतीले नभई आफैंले काटेको दाबी गरेका छन् । उनले आफ्नो लिङ्गको केही काम नभएपछि आफैंले काटिदिएको बताएका छन् ।

    पुलिसलाई दिएको आफ्नो बयानमा आरोपी गणेशानन्द उर्फ हरि स्वामी (५४) ले आफ्नो यौनाङ्ग उनका लागि ‘गैर जरुरी’ भएकाले आफ्नो मर्जीले यौनाङ्ग काटेको दाबी गरेका छन् ।
    केरलको कोल्लमस्थित पदमा उत्तामबी स्वामी आश्रममा बस्ने स्वामी गणेशानन्दा पीडितका बुवाको उपचारको बहानामा उनको घर आउने गरेको बताइएको छ । पिडित महिलाका अनुसार उनी १६ वर्षको हुँदा देखि नै स्वामीले उनको बलात्कार गरिरहेका थिए । उनले पछिल्लो आठ वर्षदेखि आफूमाथिको यौन शोषण सहिरहेको पनि जानकरी दिइन् । शुक्रबार राती एकपटक स्वामीले पुनः उनलाई बलात्कार गर्न खोज्दा आफूले उनको यौनाङ्ग नै काटिदिएको बताएकी छिन् ।

    धारिलो हतियारले काटियो यौनाङ्गः

    पीडितले स्वामीको यौनाङ्ग धारिलो हतियारले काटेपछि यसको जानकारी दिन पुलिसलाई आफैंले फोन गरेको बताइन् । आरोपी स्वामीको उपचार जारी छ । पुलिसका अनुसार पीडितकी आमालाई छात्रामाथि हुने गरेको यौनशोषणबारे राम्रोसँग जानकारी भएपछि उनले पुलिसमा उजुरी नदिएको भनी उनलाई पनि पक्राउ गरेको छ ।

    छात्राले काटिन् स्वामीको यौनाङ्ग, ८ वर्षदेखि गरिरहेका थिए
    मुख्यमन्त्रीले गरे छात्राको तारिफः

    केरलका मुख्यमन्त्री पी. विजयनले छात्राको बहादुरीको तारिफ गरेका छन् । मुख्यमन्त्रीले छात्रालाई एक बहादुर युवतीको संज्ञा दिएका छन् । छात्राले आफ्नो दोषीलाई आफैं सजायँ दिएको कुरा ठिक भएको पनि उनले बताएका छन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture