• Breaking News

    Saturday, May 20, 2017

    हेर्दा लाग्थ्यो गर्भमा हुर्किरहेका छन् थुप्रै बच्चा, ११ महिनापछि निस्कियो यो

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     हेर्दा लाग्थ्यो गर्भमा हुर्किरहेका छन् थुप्रै बच्चा, ११ महिनापछि निस्कियो यो

     जेठ ६ – मेक्सीकोमा बस्ने एक महिलाको फुलेको पेट देख्दा हरेकलाई यस्तो लाग्थ्यो कि उनको गर्भमा १० जना बच्चा हुर्किरहेका छन् । तर वास्तवमा उनको पेटमा ३१ किलोको ट्युमर बढिरहेको थियो । यो ट्युमर यति ठूलो भएको थियो जसका कारण महिला हिँडडुलसमेत गर्न नसक्ने भएकी थिइन् ।

    डाक्टरले महिलाको नाम सार्वजनिक गरेको छैन । तर फोटोमार्फत उनीहरुले उनको स्थिती सार्वजनिक भने गरे । उक्त ट्युमर निकै ठूलो भएको थियो र महिलाको फोक्सोसहित अन्य अंगलाई पनि क्षती पुर्याउन थालेको  थियो ।डा. एरिकका अनुसार आफ्नो करियरमा उनले योभन्दा ठूलो ट्युमर कहिले पनि देखेका थिएनन् । ट्युमरलाई नफुटाइ महिलाको पेटबाट सिधा निकालिएको थियो ।  

      हिँडडुल गर्न सकिरहेकी थिइनन् महिलाः

    रोगको पत्ता लाग्नुभन्दा पहिले महिलाले आफ्नो तौल अचानक बढिरहेको महसुस गरिन् । उनले डाइटिङ गर्न सुरु गरिन् । तर महिलाको पेट लगातार बढिरहेको थियो ।जब उपचारका लागि डाक्टरकोमा पुगिन् उनको पेटमा ट्युमर भएको थाहा भयो जुन लगातार बढिरहेको डाक्टरहरुले पत्ता लगाए ।उक्त ट्युमर ११ महिनापछि यति ठूलो भयो कि यदि त्यसलाई ननिकालेको भए महिलाको ज्यान पनि जानसक्ने डाक्टरले बताएका छन् ।शल्यक्रियाको ७ महिनापछि अब वास्तविक जीवन बाँचिरहेकी छिन् महिलाः
    शल्यक्रिया गरेको सात महिला पछि अब महिला लठ्ठीको सहारा बिना नै हिँड्डुल गर्न सक्ने भएकी छिन् । उनको घाउ निको भइसकेको छ र उनको स्थिती अहिले निकै राम्रो भइरहेको छ ।










    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture