भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
BREAKING-
भरतपुरको गणना सुरू हुने, गणनामा थपिए केही नयाँ नियम
भरतपुर । रोकिएको यहाँको मतगणना पुनः सुचारू गर्ने सर्वदलीय सहमति भएको छ। बिहान बसेको सर्वदलीय बैठकले सहमतिमा अब गणना थाल्ने निश्कर्ष निकालेको छ।
सर्वदलीय बैठकमा भएको सहमति अनुसार बदर भएको मतको पनि तथ्यांक सार्वजनिक गरिनेछ। गणनाको नतिजा एकद्वारबाट मात्रै सार्वजनिक गर्ने सहमति भएको छ। यसअगाडि गणकहरू र भित्र बसेका निर्वाचन आयोगका कर्मचारीले गोप्यरूपमा सूचना चुहाउने गरेको प्रति बैठकमा चर्काचर्की परेको थियो।
सर्वदलीय बैठक पछि एमालेका मेयर उम्मेद्वार देवी ज्ञवालीले सहमति कायम भएको र अब तुरून्तै मत गणना सुरू हुने प्रतिकृया दिए। ‘दलहरूबीचमा भएका असमझदारीहरू हटेका छन्, अब गणना सुरू हुन्छ,’ ज्ञवालीले प्रतिकृया दिए।
ज्ञवालीले बताए अनुसार यस अगाडि वडाको क्रमसंख्या अनुसारका बाकसहरू खोलेर मत गनिएकोमा अब क्रम तोडेर बीचमा एउटा वडा गन्न बाँकी राखेर अर्को बाकसको गणना सुरू गरिने तय भएको छ। ‘अब एक वडा अगाडि र एक वडा पछाडि बाट पनि गन्ने सहमति भएको छ, क्रममा गणना हुनेछैन।’ बैठक पछि ज्ञवालीले जानकारी दिए।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment