भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
काठमाडौं, ७ जेठ । एकसाता अघि भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आइरहँदा नेकपा एमालेले अग्रता लिइरहेको छ । जितेको मात्रै होइन अन्तिम मत परिणाम आउन बाँकी स्थानीय तहमा अग्रता लिनेमा पहिलो पार्टी पनि बनिरहेको छ ।
तर, यही क्रममा काठमाडौं महानगरपालिकाको वडा नम्बर २६ भने एमालेले गुमाएको छ । उक्त वडाध्यक्षमा एमालेका तर्फबाट उम्मेदवारी दिएका देवेन्द्र रिमाल पराजित हुन पुगे । नायक राजेश हमालको सिफारिसमा एमालेले रिमाललाई उठाएको थियो ।
एमालेको राम्रो पकड मानिएपनि दुई महिनाअघि मात्र एमालेको सदस्यता लिएका रिमालको उम्मेदवारीलाई पार्टीकै कार्यकर्ता नरुचाएको एमालेका कार्यकर्ताले बताएका बताइन्थ्यो ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment