भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
भरतपुरमा एमालेको विजयी जुलुस, कांग्रेस–माओवादी हेरेको हेर्यै
भरतपुर, ७ जेठ । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले विजयी जुलुस निकालेको छ ।
पछिल्लो मतपरिणामअनुसार भरतपुर–१० को वडाध्यक्षमा नेकपा एमालेका अरुणपीडित भण्डारी अत्यधिक मतले सम्पूर्ण प्यानलसहित विजयी भएपछि आइतबार वडा क्षेत्रमा विजयी र्याली निकालिएको हो । वडामा विजयी हुने सदस्यहरुमा कृष्ण अधिकारी, नरीमाया तामाङ, बलराम जिसी र माया नेपाली छन् ।
निर्वाचित वडाध्यक्ष भण्डारीले २३१६ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भक्तिराम अधिकारीले १८५८ मत ल्याए । यसैगरी माओवादी केन्द्रका तीर्थ घिमिरेले ६९५ मत ल्याएका थिए ।
निर्वाचित भईसकेपछि अध्यक्ष भण्डारीले वडाको र विकास एवम् समृद्धिमा आफू लागिपर्ने बताए
दैनिकनेपालबाट
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment