भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
मेरा पति र म अहिले पचासको मध्यमा छौं र हामी सँगै बसेको तीस वर्ष भइसक्यो । मलाई सम्झना छैन हामीले पछिल्लो शरीर शुख कहिले प्राप्त गर्यौं । सम्भवत चारवर्षअघि होला हामीले शारीरिक सम्पर्क गरेको । पछिल्लो खण्डमा उसलाई असहज हुँदै गएको थियो र उसको उत्तेजना घटेको थियो । मलाई थाहा छैन किन उसलाई त्यस्तो भयो । तर मलाई यस्तो लाग्थ्यो कि त्यो सब मेरै कारण भएको हो ।
खास समस्या के हो भने हामीमा दुईमा कुनै निकटता छैन । उ पनि कहिल्यै भौतिक रूपमा अलि अग्रसर र जागरुक भएको मलाई थाहा छैन । सम्भवत उसका बाउआमा पनि त्यस्तै थिए कि ! तर अहिले हामी एक अर्कालाई नछुने मात्र होइन, सँगै हात समातेर समेत हिँड्दैनौं । अँगालो मार्ने त कुरै भएन ।कहिलेकाँही मैले त्यस्तो प्रयास गरें तर म निकट भएको उ मन पराउँदैन । उ एकदमै अररो र अप्ठ्यारो महसुस गर्छ मैले नछाडेसम्म । हामीले गर्ने प्रत्येक वार्तालाप विवादमा परिणत हुन्छन् र कुरै नगर्नु ठिक हुन जान्छ । त्यसकारण, अब उसँग निकट हुने धारणा समेत मैले त्यागिसकें । हाम्रै उमेरका अरूका जोडी हात समातेर हिँड्छन् । अरूको कुरा के गर्नु ? मेरै बाउआमा समेत एक अर्कामा आकर्षित हुन्छन् जबकि उनीहरूले असी पुगिसके ।
म एक्लो महसुस गर्छु । हाम्रा दुई सन्तान छन् र दुवैले छिटै घर छाड्नेछन् । म कहिलेकाहीं सोच्छु कि लोग्नेलाई छाडिदिउँ तर वास्तविकता बेग्लै छ । हामी दुवैको पेन्सन थोरै आउँछ र भएको जायजेथा बेचेर फेरि अर्को केही सानोतिनो किनेर त्यसमा बस्नुपर्ने हुन्छ । मैले उसलाई छाडें भने हामी दुवैलाई पैसाको समस्या पर्नेछ । मैले चाहेर पनि अहिले गरिरहेको कामबाट निवृत्तिभरण लिने कुरा सम्भव हुँदैन । पैसा नभई कसरी चल्छ मेरो जीवन ?
हामी घरका दुई ‘मेशिन साथी’जस्तो मात्र छौं । हामी घरका सामानहरू सँगै प्रयोग गछौं । बिना उत्साह सँगै खाना पकाउँछौं तर साँझको बेला सँगै कतै निक्लदैनौं । निक्ले पनि बेग्लाबेग्लै । वर्षको एकपटकचाहीँ लोग्नेस्वास्नीका रूपमा बाहिर निस्कन्छौं । मलाई प्रेम र आकर्षणको धेरै भोक छ । अझै करिब ३० वर्षजति बिनाप्रेम बाँच्नु पर्ने कुरा जब सोच्छु । अझै मेरा सन्तानले छाडेपछि कस्तो् होला भन्ने सोच्छु , म त्यसैत्यसै कहालिन्छु । कसरी उसलाई म छोड्न सक्छु जब मेरो जाने नै कुनै ठाउँ छैन ? त्यसमाथि यति राम्रो घर म कसरी छाडुँ ?
म उही चक्रमा घुमिरहन्छु र महिना र वर्षहरू बितिरहँदा म यही सोच्छुकि यो मान्छेबाट मुक्ति पाइयोस् र नयाँ जीवन जिउन पाइयोस् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment