• Breaking News

    Sunday, May 21, 2017

    भरतपुरमा हौसिंदो एमाले, मध्यरातमा झन् पछि परिन् रेणु दाहाल

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    भरतपुरमा हौसिंदो एमाले,  मध्यरातमा झन् पछि परिन् रेणु दाहाल

     भरतपुर । भरतपुर महानगरपालिकामा जारी मतगणनामा माओवादी र एमालेबीचको मतअन्तर झन् फराकिलो बन्दै गएको छ।  आईतबार राति ११ बजेसम्म प्राप्त मतपरिणाम अनुसार नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले माओवादी केन्द्रकी रेणु दाहालको तुलनामा १६०५ मत बढि ल्याएर अग्रता यथावत राखेका छन्। 

    प्रधानमन्त्री पुष्पकमल दाहालको गृहनगर र उनकै छोरी रेणु दाहालको उम्मेदवारीका कारण चासोका साथ हेरिएको यस भरतपुर महानगरपालिकामा कांग्रेस(माओवादी गठवन्धनलाई निरन्तर कडा टक्कर दिँदै नेकपा एमालेका देवी ज्ञवालीले आफ्नो अग्रता कायमै राखेका छन्।

    गत बैशाख ३१ गते सम्पन्न स्थानीय निकायको निर्वाचनमा भरतपुर महानगरमा कुल १ लाख १२ हजार ९ सय ७ मत खसेकामा  हालसम्म ४६८६२ मत गणना भएको भरतपुरका निर्वाचन अधिकृतले जनाएका छन्। हालसम्म एमालेका उम्मेदवार देवी ज्ञवालीले १९८८१ मत ल्याएर अग्र स्थानमा रहेका छन् भने माओवादी उम्मेदवार रेणु दाहालले  १८२५७ मत पाएकी छन्। 

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture