भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
काठमाडौंबाट जनकपुर जाँदै गरेको बस दुर्घटना
बारा । बारामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। २० जना घाइते भएका छन्।
निजगढ–हेटौंडा सड्कखण्डको जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित राजश्व कार्यालयको चेक प्वाईन्ट नजिक बस दुर्घटना भएको हो। काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको ना.७.ख.१६४१ नम्बरको यात्रु बाहक बस दुर्घटना भएको हो।
दुर्घटनामा धनुषाका ३२ वर्षीय किरण साह र महोत्तरीको रतौली–६ का ४५ वर्षीय बल्ला यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मध्ये ५ जनाको अवस्था गम्भीर छ।
तीब्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कलैया बाराले जनाएको छ ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |




No comments:
Post a Comment