भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
सिएनएन डट कम
जेठ ६ – फिलिप रेइन, हिलारी क्लिंटनका निकै करिबीले शुक्रबार एक भिडियो ट्वीटरमा पोष्ट गरेका छन् जसमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जर्बजस्ती हिलारीलाई अंगालो हाल्न खोजेको र हिलारी भने त्यसबाट बच्न खोजेको देखिन्छ । उक्त भिडियो गत सेप्टेम्बरमा यी दुईले विवादका लागि अभ्यास गरिरहेका बेला खिचिएको जानकारीमा उल्लेख छ ।
पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालका बेला तत्कालीन राष्ट्रिय सचिव हिलारीका
लागि काम गर्ने रेइनले भिडियो पोष्ट गर्दै लेखेका छन्, ‘ट्रम्पको नरुचाइएको अंगालोबाट बच्न सनिलो छैन । कहिलेकाँही यसको लागि अभ्यससमेत गर्न आवश्यक छ । डिबेट प्रिपरेसनको निकै रमाइलो क्षण (९/२४/१६) ।’
भिडियोमा देखे अनुसार ट्रम्प क्लिंटन भएठाउँ जान्छन् र उनलाई अंगालो हाल्न खोज्छन् । त्यतिबेला हिलारी पनि जिस्किँदै उनीबाट भाग्न खोज्छिन् । भिडियोमा अन्य मानिसहरुको हाँसो पनि सुन्न सकिन्छ ।
भिडियोलाई हिलारी क्लिंटनले पनि ट्वीटरमा सार्वजनिक गरेकी छिन् । उनले शुक्रबार बेलुका भिडियो पोष्ट गर्दै लेखेकी छिन्, ‘आज बिहान यो भिडियो हेर्दा म मज्जाले हाँसो । यसले सायद तपाईंको दिन पनि खुसी तुल्याउनेछ । ’
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |

No comments:
Post a Comment