भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
भरतपुरः शनिबार दुई किस्ता मत गन्दासम्मको रोचक अंकगणित
भरतपुर । रोकिएको मतगणना सुरू भएपछि भरतपुर महानगरको रोचक परिणाम आउनेक्रम जारी छ। शनिबार बिहानको सर्वदलीय बैठकमा सहमति भएसँगै सुरू भएको गणनामा यो समाचार तयार पार्दासम्म १२०० मत गनेर सकिएको छ।
६०० मत गनेर भ्याएपछि नतिजा सार्वजनिक गर्ने नियम बसेको छ। १० नम्बरको गणना सुरूभएयता २ पटक नतिजा सार्वजनिक भएको छ। १२०० मत गनिएको छ। १२०० गनिएको मतमा ज्ञवालीलेको ४३४ मत थपियो भने दाहालको ४६७ मत थपिएको छ।
सावर्वजनिक भएको पहिलो ६०० मतमा माअोवादीकी रेणु दाहालले २४४ मत पाउँदा एमालेका देवी ज्ञवालीले १९२ मत पाए। ज्ञवालीले भन्दा दाहालले ५२ मत बढि पाइन्। त्यो मतले ज्ञवालीको १५३४७ र दाहालको १५०५३ मत पुग्यो। दोस्रो किस्ताको ६०० मा ज्ञवालीले २४२ मत पाए भने दाहालले २२३ मत पाए। दोस्रोमा दाहाल भन्दा १९ मत बढि पाए ज्ञवालीले। थपिएको मतले ज्ञावालीको १५५८९ र दाहालको १५२७६ मत पुगेको छ।
वडा नम्बर १० को १२०० मत गन्दासम्मको अंकगणितः
ज्ञवालीलेको थपियोः ४३४ मत
दाहालको थपियोः ४६७
पहिलो ६०० गन्दा (मतअन्तरः ५२)
ज्ञवालीः १९२, जम्माः १५३४७
दाहालः २४४, जम्माः १५०५३
दोस्रो ६०० गन्दा (मतअन्तरः १९)
ज्ञवालीः २४२, जम्माः १५५८९
दाहालः २२३, जम्माः १५२७६
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment