• Breaking News

    Monday, May 1, 2017

    उत्तर कोरियाका विषयमा अहिलेसम्म बाहिर नअाएकाे विषयकाे सनसनी खुलासा (फाेटाेसहित)

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    उत्तर कोरियाका विषयमा अहिलेसम्म बाहिर नअाएकाे विषयकाे सनसनी खुलासा  

     प्योङयाङ। उत्तर कोरियाको जेलमा सुरक्षा कार्डको काम गरिसकेकी लिम हाइ जिनले उत्तर कोरियाको जेलमा हुने अमानवीय कार्यको खुलासा गरेकी छन्। लिमले चीनको सीमा नजिकै बनेका जेलमा १७ वर्षको उमेरदेखि काम गर्न सुरु गरेकी थिइन्।

    अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार सो क्रममा लिमले आफूले देखेको कुरा संचारमाध्यमसँग खुलासा गरेकी हुन्। 

    लिमले जेलमा काम गर्ने सुरक्षा गार्डलाई सुरुमै जेलमा जेल जीवन विताइरहेका कैदीलाई मानिसका रुपमा नबुझ्न सिकाइन्छ। कैदीलाई जनावर सम्झेर त्यही अनुसारको व्यवहार गर्न सिकान्छ।

    लिमले जेलमा कैदी भोकले तड्पिएर मरेको समेत देखेको खुलासा गरेकी छन्। ‘दुई जना कैदी जेलबाट भागेका थिए, त्यसको बदलामा उनीहरुका परिवारका ६ सदस्यलाई मृत्युदण्ड दिइयो,’ लिमले भनिन्, ‘पछि भागेका दुवै कैदीलाई समेत मारियो।’

    जेलमा काम गर्ने सुरक्षाकर्मीले महिला कैदीलाई बलात्कार गर्नु सामान्य हुने गरेको लिमले दाबी गरेकी छन्। लिमले एक पटक एक महिला कैदीलाई जिउँदै जलाएको आफूले देखेको दाबी गरेकी छन्। ती महिला कैदीले गार्डलाई दुख दिएको अभियोगमा जिउँदै जलाइएको थियो।  जेलका कैदीलाई विहान पाँच बजे उठाइन्छ भने लगातार १६ घण्टासम्म काम गराइन्छ। उनीहरुलाई कुनै दिन पनि छुट्टी दिइँदैन।

    कुनै कैदीले केही गल्ती गर्यो भने उसलाई भोकै राखिन्छ। कतिपय अवस्थामा कैदीले सर्प समातेर खाएको आफूले देखेको लिमले बताइन्। 

    जेलमा कतिपय कैदीलाई मृत्युदण्डको सजायसमेत दिइन्छ। उत्तर कोरियाको ती जेललाई श्रम शिविर पनि भनिन्छ।  जहाँ करिव दुई लाख भन्दा धेरै मानिस बन्धक छन्। लिमका अनुसार जेलभित्रको सुरक्षा व्यवस्था निकै कडा हुन्छ।


    त्यसकारण भित्रको कुरा बाहिर आउन पाउँदैन। उनले आफूले जेलभित्र मानिसको सडेको शव समेत देखेको खुलाइन्। केही दिन पहिला ती जेलभित्रका केही गोप्य फोटो लिक भएका छन्। ती तस्बिर स्याटेलाइटमार्फत खिचिएका हुन्। 

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture