• Breaking News

    Thursday, May 4, 2017

    टिचिङ अस्पतालमै पढेका डाक्टरले जोडे २० वर्षीय युवाको छिनेको हात

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    टिचिङ अस्पतालमै पढेका डाक्टरले जोडे २० वर्षीय युवाको छिनेको हात 

     काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा २० वर्षीय युवाको छिनेको हातको सफल शल्यक्रिया भएको छ। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) बाट अध्ययन गरेका डाक्टरहरुको टिमले सफलतापूर्वक शल्यक्रिया गरेका हुन्। अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन प्राडा ईश्वर लोहनीका अनुसार सेकेन्ड जेनेरेसन (दोस्रो पुस्ता)ले गरेको यो पहिलो शल्यक्रिया हो। ‘विगतमा पहिलो पुस्ताका हामीले शल्यक्रिया गर्ने गरेका थियौँ,’ उनले भने, ‘तर अब यहीँ उत्पादन भएको सेकेन्ड जेनेरेसन शल्यक्रिया गर्न सक्ने भएको छ।’ उनले नयाँ पुस्ताले काटिएको हातको शल्यक्रिया सफल पारेकोमा खुसी व्यक्त गरे।

    भक्तपुर जगातीका २० वर्षीय महेस तिमल्सिनाको छिनेको हात करिब ७ घण्टा लामो शल्यक्रियापछि जोडिएको हो। काठ चिर्ने मेसिनले तिमल्सिनाको नाडीबाट हात छिनाएको थियो। तिमल्सिनालाई आफन्तले सोमबार साँझ ५ बजेतिर अस्पताल ल्याएका थिए।

    उनको शल्यक्रिया डा. लोहनी र डा. जयनमान श्रेष्ठको निगरानीमा आइओएमबाट प्लास्टिक सर्जरीमा एमसिएच गरेका डा. संगम रायमाझी, एमएसिएच अध्ययनरत डा. कृष्ण मानन्धर र डा. समित शर्माले गरेका हुन्। डा. भीम सिग्देलको टोलीले भने हातको छिनेको हाडको शल्यक्रिया गरेको थियो। यस्तै, एनेस्थेसियामा डा. अमित भट्टाराईको टोली थियो।

    शल्यक्रियामा सहभागी डा. शर्माका अनुसार शल्यक्रियापछि तिमल्सिनाको जोडिएको हातमा रगतको सञ्चालन सुरु भइसकेको छ। ‘बिरामीका आफन्तले छिनेको हातको टुक्रा बोकेर ल्याएका थिए,’ उनले भने, ‘तुरुन्तै शल्यक्रियाको टोलीले आवश्यक उपचार अगाडि बढाएको थियो।’ उनका अनुसार साँझ ६ बजे सुरु भएको शल्यक्रिया राति साढे १ बजे मात्र सकियो। तिमल्सिनाको नाडीसँगै हत्केलामा समेत आधा काटिएको थियो । डा. शर्माका अनुसार यस्तो शल्यक्रियालाई जटिल रुपमा लिइन्छ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture