• Breaking News

    Thursday, May 4, 2017

    चुनावको मुखमा को–को गुन्डा पक्राउ परे? काठमाडौंबाट गुन्डाहरु भागाभाग

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    चुनावको मुखमा को–को गुन्डा पक्राउ परे? काठमाडौंबाट गुन्डाहरु भागाभाग

     काठमाडौं – केही दिनयता प्रहरीले विशेष अप्रेसन नै चलाई गुन्डाहरूलाई पक्राउ गर्न थालेको छ। बुधबार मात्र चक्रपथ क्षेत्रमा गुन्डागर्दीमा सक्रिय तेजेन्द्र गुरुङ पक्राउ परेका छन्। उनी गुन्डा नाइके चक्रे मिलनका भाइ हुन्। महानगरीय प्रहरी परिसरले उनलाई पक्राउ गरेको हो। त्यस्तै, अपराध महाशाखाले ललितपुरबाट निरु लामा र नीरज महर्जन ‘छुचुन्द्रो’लाई पक्राउ गरेको छ। महाराजगन्जका राकेश महर्जन पनि बुधबार पक्राउ परेका छन्। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। मंगलबार प्रहरीले ललितपुरकै राजु बोगटी र पनित गुरुङलाई पक्राउ गरिसकेको छ।

    महाशाखाले मंगलबार नै भक्तपुरमा गुन्डागर्दीमा संलग्न रामेश्वर गौतम र श्याम मोक्तानलाई पनि पक्राउ गरेको छ। उनीहरू अपहरण मुद्दामा पक्राउ परी छुटेका व्यक्ति हुन्। पक्राउ परेका सबैलाई प्रहरीले केही सार्वजनिक अपराध मुद्दामा कारबाही थालेको छ। उनीहरूलाई चुनावसम्म थुनामै राखिने प्रहरीले जनाएको छ। पछिल्लो एक महिनायता राजधानीमा सक्रिय गुन्डागर्दीमा संलग्न समूहविरुद्ध प्रहरीले अप्रेसन चलाइरहेको छ। तर, पक्राउ परेकाहरू २–४ दिनमै छुट्ने गरेका छन्। गत साता पक्राउ परेका सामाखुसी क्षेत्रका गुन्डा नाइके साजन महर्जन मंगलबार २ हजार रुपैयाँ धरौटीमा छुटेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरी केही सार्वजनिक अपराध मुद्दा दायर गरेकोमा उनी न्यूनतम धरौटीमै छुटेका हुन्। गुन्डागर्दीकै आरोपमा गत साता पक्राउ परेका कान्छा दीपेन्द्र प्याकुरेल पनि बुधबार पाँच हजार रुपैया“ धरौटीमा छुटेका छन्। कालिमाटी क्षेत्रमा गुन्डागर्दीको आरोपमा पक्राउ परेका वसन्त भुसाल पनि पाँच हजार धरौटीमै छुटेका छन्।

    कांग्रेसनिकट सञ्जीव लामा ‘स्याल’ भने प्रहरी हिरासतमै छन्। सार्वजनिक अपराध मुद्दामा उनीहरूलाई प्रहरीले २४ दिनसम्म थुनेर अनुसन्धान गर्न सक्छ। तर, राजनीतिक दबाब र चलखेलका आधारमा पक्राउ परेका सबैजसो गुन्डा एक सातामै छुट्ने गरेका छन्। गुन्डाहरूको ठूला नेताहरूस“ग निकटता रहेकाले सजिलै छुट्ने गरेका छन्।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture