भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
भट्टे डाँडामा गुण्डा नाइके गणेश लामा र डिएसपीको टोली आमने सामने
काठमाडौं, वैशाख २६ – प्रहरीले धमाधम गुण्डा नाइकेहरु पक्राउ गर्न थालेको छ । नजिकिँदै गरेको स्थानीय तहको चुनावलाई लक्षित गर्दै प्रहरीले धमाधम गुण्डा नाइके पक्राउ गर्न थालेको हो ।
झण्डै डेढ महिनाअघि महानगरीय प्रहरी परिसर र अपराध महाशाखाले एक सय २२ गुण्डाको हिट लिस्ट तयार पारेर कारबाही गर्ने बताएसँगै धमाधम गुण्डा नाइके पक्राउ पर्न थालेका हुन् । गएको आइतबार राति ठमेलबाट गुण्डा नाइके दीपक मनाङे पक्राउ परे । उनी राप्रपाका नेता समेत हुन् । त्यसैगरी अर्का गुण्डा नाइके चक्रे मिलन मंगलबार महाराजगञ्जबाट पक्राउ परेका छन् । चक्रे मिलन एमाले समर्थक गुण्डा हुन् । उनलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुसँगै प्रहरीले एक दर्जन भन्दा बढी गुण्डा नाइकेहरु पक्राउ गरिसकेको जनाएको छ । तर गुण्डाको सूचिको ‘ए’ वर्गिकरणमा परेका गणेश लामा भने अझै पक्राउ पर्न सकेका छैनन् । उनी चुनावी प्रचार प्रसार मै व्यस्त छन् । विजय गच्छदारको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लामालाई प्रहरीले खोजी गरिरहेको जनाएपनि उनी १५ मिनेट प्रहरीको आमने सामने हुँदा समेत उम्कन सफल भएका छन् ।
डन लामा उम्कन सफल भएको घटना यस्तो छ
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंले एक सय २२ गुण्डाको सूचि तयार पारेको छ । जसमा गुण्डाहरुले पार्न सक्ने प्रभावलाई आधार मान्दै प्रहरीले ‘ए’, ‘बी’ ‘सी’ भन्दै वर्गिकरण गरेको छ । गुण्डा नाइके लामा प्रहरीको गुण्डा लिस्टको ‘ए’ श्रेणीको पाँचौं नम्बरमा पर्छन् । ‘ए’ श्रेणीमा १२ जना गुण्डाहरुको नाम छ ।
यी सबै गुण्डाहरुको खोजी गर्दै पक्राउ गर्ने रणनीति प्रहरीले लिएको महानगरीय प्रहरी परिसरका एसएसपी छविलाल जोशीले बताउनुभयो । जस अन्तर्गत केही गुण्डाहरु पक्राउ परिसेकेका छन् । तर गुण्डा नाइके गणेश लामा प्रहरीको पञ्जाबाट उम्कन सफल भएका छन् । घटना १२ दिन अघि अर्थात वैशाख १५ गतेको हो । स्थानीय तहको चुनावी सुरक्षालाई मध्यनजर गर्दै ललितपुर प्रहरीले गस्ती, पेट्रोलिङ बढाएको थियो ।
ललितपुरका एसएसपी ठुले राईसँगै ललितपुरका अन्य सुरक्षा निकायका प्रमुख, प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृतहरु र जिल्ला न्यायधीश लगायतको टोली ललितपुरको विकट गाउँका सुरक्षा अवस्था बुझ्न वैशाख ६ गते ललितपुरका विभिन्न ग्रामीण क्षेत्र गएको थिए ।
यसको ९ दिनपछि अर्थात वैशाख १५ गते डिएसपी तिलक भारतीको कमाण्डमा आठ सदस्यीय टोली ललितपुरको ग्रामीण भेगको सुरक्षा अवस्था बुझ्न बिहान ६ बजे निस्कियो । टीका भैरवबाट गोटीखेल, ठूलोदुर्लुङ, गुम्दी, आस्राङ हुँदै डिएसपीको टोली भेट्टे डाँडा आइपुगेको थियो ।
डिएसपीको टोली भट्टे डाँडा आइपुग्दा बेलुकाको ६ बजिसकेको थियो । एक घण्टा भट्टे डाँडा प्रहरी चौकीमा अन्तक्र्रिया गरेपछि डिएसपीको टोली काठमाडौं फर्कन अगाडि बढ्यो । डिएसपीको गाडी चौकीबाट झण्डै १० मिनेटको बाटो अगाडि बढेपछि रोकियो । जंगलको बिचमा डोजरले बाटो बनाइरहेको थियो । माथि ठूलो पहरो, तल तारे भिरको बिच जंगलमा डोजरले बाटो बिस्तार गरेका कारण डिएसपीको गाडीको रोकियो । डिएसपी भारती गाडीमै बस्नुभयो ।
प्रहरी निरीक्षक र अन्य दुई प्रहरी डोजरले बाटो बनाउँदै गरेको ठाउँ पार गरेर पारी गए । पारी केही मोटरसाइकल र गाडी थिए । गाडीमा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टीको झण्डा फहराएको थियो । उनीहरु पनि डोजरले कहिले बाटो बनाउला र पार गरौंला भनेर प्रतिक्षामा बसेका थिए । तिनीहरु मध्ये एक अग्ला, हट्टा कट्टा, खाइलाग्दो ज्यान परेका र जुगा पालेका मानिस पनि देखिए । यी तिनै व्यक्ति थिए, जसलाई महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाले पक्राउ गर्ने भन्दै गुण्डा लिस्टको पाँचौं नम्बरमा राखेको थियो । उनी हुन्, गुण्डा नाइक गणेश लामा ।
झिसमिसे साँझ परिसकेको थियो । सडकको माथि ठूलो पहरो र तल तारे भिरको बिचमा झण्डै १० जनाको संख्यामा गुण्डा नाइके गणेश लामा देखा परेका थिए । यतिबेलासम्म डिएसपी भारती पारी थिए भने गुण्डा नाइके लामा वारी । झण्डै १५ मिनेट यो क्रम रह्यो । जब बाटो खुलेसँगै डिएसपीको गाडी अगाडि बढ्न खोज्यो तब गुण्डा नाइके लामाले आफ्नो रुप परिवर्तन गर्न थाले ।
केहीबरे अघिसम्म नाङ्गो आँखाले हरेका उनले कालो चस्मा लगाए । एउटा टिर्सटमा उभिएका लामाले ज्याकेट लगाए, कान र निधार छोप्ने गरी टोपी लगाए, गाडीको अन्तिम सिटमा गएर बसेको प्रहरीको एक उच्च स्रोतले उज्यालो अनलाइनलाई बतायो । रुप परिवर्तन गरेर उम्कन खोजेपनि डिएसपी भारतीले गुण्डा नाइके लामालाई चिने । ‘यो त गुण्डा नाइके गणेश लामा होइन ?’ उनले आफ्नो टिमका प्रहरीलाई सोधे । उनीहरुले गणेश लामा नै भएको बताए ।
डिएसपी भारतीको टोलीले १० मिनेट परको भट्टे डाँडा प्रहरी चौकीलाई खबर ग¥यो ‘गुण्डा नाइके गणेश लामाको गाडी आउँदै छ, त्यसलाई रोकेर राख्नु ।’ डिएसपी भारतीको टोलीले गुण्डा नाइके गणेश लामा चुनावी सुरक्षामा खतरा हुने भन्दै पक्राउ गर्ने निर्णय ग¥यो ।
डिएसपी भारतीले त्यही अनुसार आफ्नो टोलीलाई अर्लट गराउँदै लामालाई पक्राउ गर्ने तयारी गरेका थिए । तर गणेश लामाको गाडी भट्टे डाँडा प्रहरी चौकी पुग्दा लामा भने गाडीबाट झरेर भागिसकेका थिए । डिएसपीको गाडीबाट क्रस हुने बित्तिकै गुण्डा नाइके लामा गाडीबाट झरेर उम्कन सफल भएका थिए ।
यसरी डिएसपीको टोलीसँग आमने सामने हुँदा पनि उम्कन सफल भएका गुण्डा नाइके लामा अझै पक्राउ पर्न सकेका छैनन् । गुण्डा नाइके लामा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टीको चुनावी प्रचार प्रसार गर्न भट्टे डाँडाको बाटो हुँदै काभ्रे जान हिँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी अहिले पनि चुनावी मैदानमै भएको जानकारहरु बताउँछन् ।
को हुन् गणेश लामा ?
पछिल्लो समय गुण्डागर्दीको आडमा ठेक्कापट्टा कब्जा गर्ने काममा गणेश लामा प्रहरीको गुण्डाको हिट लिस्टमा छन् । काभ्रेका स्थायी घर भएका लामा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य हुन् । लामाको गुण्डागर्दीको प्रारम्भ दीपक मनाङेको सहयोगीका रुपमा सुरु भएको हो । मनाङेको समूहमा रहेर विभिन्न आपराधिक क्रियाकलापमा लागेका लामाले पछि आफ्नो छुट्टै समूह बनाए । उनले ठमेल र दरबारमार्गमा डान्सबारदेखि सिन्धुपाल्चोकको तातोपानी नाकासम्म सञ्जाल बिस्तार गरे ।
गैरकानूनी रुपमा २७ करोड एक लाख रुपैयाँ बराबरको अकुत सम्पत्ति जम्मा गरेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले उनीविरुद्ध मुद्धासमेत हालेको थियो । तर, लामा केही समय जेल बसेपछि दोसो संविधानसभामा उम्मेद्वारी दिएपछि विशेष अदालतमा ३ करोड रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।
गुण्डागर्दीबाट आर्जन गरेको पैसाले लामाले ललितपुरको ग्वार्को, जडिबुटी र ललितपुरमा गरी झण्डै ३० आना जग्गा किनेको जानकारहरु बताउँछन् । श्रोत: नारायण अधिकारी/उज्यालो ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment