• Breaking News

    Friday, May 12, 2017

    सावधान रहनुस्, कोरियामा तीन बर्ष जेल बीस लाख रुपैयाँ जरिवाना होला

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    सावधान रहनुस्, कोरियामा तीन बर्ष जेल बीस लाख रुपैयाँ जरिवाना होला


     २६ वैशाख,काठमाडौं ।
    दक्षिण कोरियामा नेपाली प्रवेश गरेको तीन दशक हुनै लाग्यो । यो अवधिमा सयौं कार्यक्रमहरु आयोजना गरिए । सहयोगी र परोपकारी भावनाले प्रेरित भएका त्यस्ता कार्यक्रमहरु कोरियाली कानुनको हिसाबले अवैधानिक रहेछन् भन्ने कुरा कुराको जानकारी हालै मात्र थाहा भएको छ ।
    हालै मात्र सोल सदेमुनस्थित प्रहरी कार्यालयले प्रवासी मजदूर युनियनका अध्यक्ष उदय राईलाई बोलाएर कोरिया सरकारको सम्बन्धित निकायसंग स्वीकृति नलिई नेपाली समुदायले साँस्कृतिक कार्यक्रम, चिठ्ठा कार्यक्रम, चन्दा संकलन र राजनीतिक तथा धार्मिक गतिबिधि गरे अन्तरार्ष्ट्रिय ऐनका आधारमा कडा कार्वाही गरिने अवगत गराएका छन् ।
    गैरकानुनी रुपमा बिभिन्न गतिविधि गरेको उजुर पर्योभने आयोजकलाई कम्तिमा ३ बर्ष जेल सजाय र कम्तिमा २ करोड वन (करिब २० लाख रुपैयाँ) जरिवाना हुने कोरियाको अन्तर्राष्ट्रिय अपराध अनुसन्धान ऐनमा रहेको छ ।
    स्वीकृति नलिई कार्यक्रम गर्ने, स्थान उपलब्ध गराउने, टिकट बिक्रि बितरण गर्ने, पोस्टर सौजन्य गर्नेलाई समेत कडा कार्वाही हुने कोरियन प्रहरीको भनाई रहेको अध्यक्ष राईले जानकारी गराएका छन् । उनका अनुसार आर्थिक करोबार गरिएको रकम जफत गर्ने र स्पोन्सर दिने कोरियन नागरिकलाई समेत कार्वाही गरिनेछ ।
    कोरियामा ४० हजार नेपाली रहेको अनुमान गरिएको छ । यी मध्ये ईपिएसबाट रोजगारी गर्न गएका कामदार धेरै छन् । उनीहरु मध्ये अधिकांश जातीय, क्षेत्रीय, धार्मिक, राजनीतिक दलसंग आबद्ध रहेका छन् । कोरियामा बिभिन्न उदेश्य लिएर खोलिएका १ सय ५० जति संघसंस्था क्रियाशील छन् । राष्ट्रियस्तरका हरेका राजनीतिक दलले मुख्य शहरहरुलाई आधार मानेर संगठन बिस्तार गरेका छन् ।
    नेपाली कामदारहरुको गतिविधि सरकारले सुक्ष्म रुपमा अध्ययन गरिरहेको कोरियाली अध्यागमन बिभागमा कार्यरत एक नेपाली कर्मचारीले जानकारी दिए । ती कर्मचारीका अनुसार केरियामा नेपाली समुदायले धेरै गतिविधि अनुमति नलिई गर्ने गरेका छन् । उनीहरुको सबै गतिविधि कोरियन कानुनका हिसाबले अवैधानिक छन् । सोलको एक राजनीतिक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीको पुत्ला दहन गर्ने नेपालीहरु प्रहरीको निगरानीमा रहेको बताइएको छ । राजनीतिक गतिविधिमा संलग्न भएकै आधारमा केहि महिना अघि एक जना बिद्यार्थीका आफन्तलाई प्रहरीले पक्राउ गरि नेपाल पठाएको थियो ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture