भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
काँग्रेस–माओवादी तालमेल संकटमाः चितवनमा रेणुलाई काँग्रेसले धोका दिए कास्कीमा हामी काँग्रेसलाई भोट दिन्नौः माओवादी केन्द्र
काठमाण्डु, २८ वैशाख– सत्तारुढ माओवादी केन्द्र र नेपाली काँग्रेसबीच केन्द्रमा चुनावी तालमेलको सहमति भए पनि उक्त सहमति अक्षरसः पालना हुनेमा आशंका छ ।
काँग्रेस र माओवादी कार्यकर्ता र मतदाताले अर्को दलको निर्वाचन चिन्हमा मतदान गर्नेमा दुवै पक्ष ढुक्क छैन । चार महानगरपालिकामध्ये दुई÷दुई महानगरपालिकामा भागबण्डा गर्ने सहमति दुई प्रमुख सत्तारुढ घटकबीच भएको थियो । जसअनुसार माओवादीले चितवनको भरतपुर र ललितपुर महानगारपालिका तथा काँगेसले काठमाण्डु र पोखराको लेखनाथ महानगरको मेयर लिने सहमति भएको हो । तर, पछि आएर काँग्रेसले चितवन दिए पनि ललितपुर दिन नसक्ने भएपछि कमाठमाण्डु र ललितपुरको तामलेमेल भाँडिएको हो ।
भरतपुर र लेखनाथको तालमेल भने कायमै छ । माओवादीले लेखनाथ र काँग्रेसले चितवनको मेयर पदको उम्मेदवारी फिर्ता लिएर एकअर्कालाई सघाएका छन् । लेखनाथ महानगरपालिका प्रमुखमा माओवादीका विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएर कांग्रेसका रामजी कुँवरलाई सघाएको हो ।
भरतपुर महानगरपालिकामा कांग्रेसबाट उम्मेदवार रहेका दिनेश कोइरालाको उम्मेदवारी सभापति शेरबहादुरदेउवाले निर्वाचन कार्यालयलाई पत्र पठाएर उम्मेदवारी फिर्ता लिएका थिए । काँग्रेसले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणुलाई सघाउने भएको छ । यद्यपि काँग्रेसभित्र तालमेलबारे तीव्र असन्तुष्टि छ । काँग्रेसका धेरै मतदाताले एमाले उम्मेदवारलाई मत दिने तयारी गरेको बुझिएको छ ।
एमाले चितवनका अध्यक्ष एवं सांसद कृष्णभक्त पोखरेलले काँग्रेसको धेरै मत आफूहरुले लिने बताए । यसैबीच माओवादी केन्द्रले आफ्नी उम्मेदवार रेणु दाहालाई चितवनमा काँग्रेसबाट घात भए लेखनाथमा काँग्रेस उम्मेदवारलाई मत नदिने रणनीति बनाएको छ । नेकपा माओवादी केन्द्र ४ नम्बर प्रदेशका नेता एवं स्थायी समिति सदस्य हरि अधिकारी ‘कुमार’ ले चितवनमा काँग्रेसको रबैया हेरेर कास्कीमा आफूहरुले भोट दिने बताए । ‘तालेमलप्रति हामी इमान्दार छौं’, अधिकारीले काठमाण्डुटुडेसँग भने, ‘चितवनमा घात भयो भने हामी कास्कीमा सोच्न बाध्य हुन सक्छौं ।’
साभार :- kathmandutoday
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment