• Breaking News

    Tuesday, May 16, 2017

    बुढेसकालमा जनप्रतिनिधि बन्ने रहर पूरा, ८६ वर्षीया चन्द्रमाया निर्वाचित भइन् वडा सदस्यमा

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    बुढेसकालमा जनप्रतिनिधि बन्ने रहर पूरा, ८६ वर्षीया चन्द्रमाया निर्वाचित भइन् वडा सदस्यमा  

     धादिङ २ जेठ । धादिङको थाक्रे गाउँपालिकाकी ८६ वर्षीया चन्द्रमाया विश्वकर्मा वडा नम्बर ५ को वडा सदस्यमा निर्वाचित भएकी छिन् ।उनी एमालेका तर्फबाट दलित महिला सदस्य पदमा ४ सय ९५ मत ल्याई विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी नेकपा माआवादी केन्द्रकी सविना विकले ४ सय ७३ मत ल्याएकी थिइन् ।

    जनप्रतिनिधि भएर समाजका लागि केही गर्ने उनको रहर बुढेसकालमा पूरा भएको छ । ८६ वर्षको उमेरमा जनताको सेवा गर्ने भावनावाट प्रेरित भएर उम्मेदवारी दिएपछि चन्द्रमाया जिल्लामै चर्चाको पात्र बनेकी थिइन् ।यसअघि मंगलबार नै सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ८० वर्षीय कर्णबहादुर खड्का वडाध्यक्षमा निर्वाचित भएका थिए । उनी वडा नम्बर १ बाट विजयी भएका थिए ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture