• Breaking News

    Tuesday, May 9, 2017

    आइएसद्वारा रुसी नागरिकको शीर काटेर हत्या

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    आइएसद्वारा रुसी नागरिकको शीर काटेर हत्या


     एजेन्सी। आतंकवाद संगठन इस्लामिक स्टेटका कार्यकर्ताले एक रुसका नागरिकको शीर काटेर हत्या गरेका छन्। आइएसले रुसी नागरिकको शीर काटेर हत्या गरेको भिडियो सार्वजनिक गरेका छन्। शीर काटिएर हत्या गरिएका व्यक्ति रुसका जासुस एजेन्सीसँग आबद्ध भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।  सो विषयमा रुसको रक्षा मन्त्रालय र एफएसबी सुरक्षा सेवाको कुनै प्रतिक्रिया दिएका छैनन्। 

    रुसी भाषामा तयार पारिएको १२ मिनेटको भिडियो त्यस्तो समयमा जारी गरिएको छ, जतिबेला रुस नाजी जर्मनीमागि १९४५ मा  हासिल गरेको जितको उत्सव मनाइ रहेको छ। भिडियोमा मरुभूमिका कालो कपडा लगाएका व्यक्ति घुँडा टेकेर बसेका छन्। उनले अन्य रुसका जासुसी एजेन्टलाई आत्मसमर्पण गर्न अपिल गरेका छन्।

    भिडियोमा आइएस कार्यकर्ताले चक्कुले रुसी नागरिकको शीर काट्नुपूर्व भनेका छन्, ‘यी बेवकुफ आफ्नो देशमाथि यतिधेरै विश्वास गर्छन्, की उसलाई अपहरण गर्यो भने रुसले उसलाई तत्काल छुटाउँछ।’

    सो भिडियोको कहिलो र कँहा रेकर्ड गरिएको थियो भन्ने कुराको जानकारी उपलब्ध हुन नसकेको संचारमाध्यमले उल्लेख गरेका छन्। विद्रोही र आतंकवादीसँगको लडाँइमा रुसले सिरियाका राष्ट्रपति बशर अल असलको समर्थन गर्दै आएको छ।

     विद्रोही र अतंकवादीले असदलाई हटाउन माग गर्दै आएका छन्। भिडियोमा रुसी बम विष्फोटपछिको सिरियाको अवस्था पनि देखाइएको छ। रुसी रक्षा मन्त्रालयले २०१५ मा रुसी कारवाही सुरु भएपछि हालसम्म ३० रुसी सैनिकको मृत्यु भइसकेको जनाएको छ। 

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture