भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
धुर्मुस-सुन्तलीलाई जापानबाट २८ लाख सहयोग : चौथो बस्ती निर्माणको घोषणा
जापान । एकै पटक सयौं सर्वसाधारणले तीनकुने चन्द्र र सूर्य अंकित नेपाली झण्डा फरफराउँदा नाकानो जिरो स्थित कार्यक्रम हलको स्टेजमा उभिएर बसेका धुर्मुस–सुन्तली निकै भावुक देखिन्थे।
जापानमा रहेका सयौं नेपालीले एकै स्थानमा भेला भएर उनीहरुको अभिनन्दन गर्दा माहोल साँच्चै भावुक बनेको थियो। अनि कार्यक्रममा सहभागी हरेक नेपालीले भावुक मुद्रामा पुनः निर्माण महा अभियानका धुर्मुस र सुन्तलीलाई अभिनन्दन गरे। धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे‘ सुन्तली’ ले गरेका सामाजिक कार्यका लागि सहयोग गर्ने हेतुले उक्त कार्यक्रमको आयोजना गरिएको थियो। आयोजकले एउटै स्टेजमा दुईवटा कार्यक्रम सम्पन्न गरेको छ।
‘धुर्मुस-सुन्तली साँझ २०१७’ जापानमा भव्य रुपमा सम्पन्न भएको छ। नेपालीका प्रिय कलाकारद्वय धुर्मुस र सुन्तली ले आफ्नो अभिभावकका रुपमा मान्दै आएका चर्चित प्रस्तोता दिनेश डिसी, चर्चित पप गायक दिपक बज्राचार्य र हास्य कलाकार बांगे बाको समेत कार्यक्रममा बेजोड प्रस्तुति रहेको थियो।
आयोजकका अनुसार ‘धुर्मुस-सुन्तली साँझ’ र च्यारिटी डिनर कार्यक्रम सहित जापानबाट फाउण्डेशनका लागि २८ लाख ६० हजार ८ सय ८६ नेपाली रुपैयाँ (३१ लाख ५४ हजार २ सय ४ जापानी येन) सहयोग संकलन भएको थियो।
रकम धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरिएको छ। कार्यक्रमको आयोजक संस्था सनराईज कर्पोरेशनका अध्यक्ष रविन्द्र श्रेष्ठले कार्यक्रममा उपस्थित दर्शकबाट उठेको १४ लाख ३० हजार २ येन बराबरको रकम सिटी एक्सप्रेसको तर्फबाट अध्यक्ष महेश श्रेष्ठले कार्यक्रम हलमै डवल गर्ने घोषणा गरेका थिए। हलमा दर्शक र सिटी एक्सप्रेसको गरी २८ लाख ६० हजार ४ येन संकलन भएको हो। कार्यक्रममा करिब सयको हाराहारीमा स्वयंसेवक परिचालन गरिएको थियो भने अभिनन्दनका लागि सयौं नेपाली झण्डा वितरण समेत गरिएको आयोजक संस्थाका प्रवन्ध निर्देशक हरी सापकोटाले जानकारी दिए।
गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष भुवन भट्टको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम सुरु गरिएको थियो। सिटी एक्सप्रेसका अध्यक्ष महेश श्रेष्ठ, एभरेष्ट इन्टरनेशनल स्कुलका अध्यक्ष भूपालमान श्रेष्ठ, कानागावा नेपाली कम्युनिटीका सल्लाहकार जिज्ञानकुमार थापा, पत्रकार महासंघ जापानका अध्यक्ष मोहनसिंह घले, सनराईज कर्पोरेशनका अध्यक्ष रविन्द्र श्रेष्ठ, सनराईज कर्पोरेशनका प्रवन्ध निदेशक हरी सापकोटा, जेनिथ रेमिटका प्रवन्ध निर्देशक नविन निउरे लगायतले कलाकारहरुलाई खादा ओढाएर अभिनन्दन गरेका थिए।
कार्यक्रमबाटै धुर्मुस-सुन्तलीले हिमाल, पहाड र तराई जोड्ने एकीकृत नमुना वस्ती निर्माणको अभियानलाई तिब्रता दिने बताए। धुर्मुस सुन्तलीले तीना बस्ती सफलता पूर्वक सम्पन्न गरिसकेको छ। भूकम्प गएको केही समय देखिनै लगातार सामाजिक कार्यका सक्रिय हुदै आएको यो जोडीले काभ्रेको डाँडा गाउँमा पहरी बस्ती, सिन्धुपाल्चोकको गिरान्चौरमा गिरान्चौर एकीकृत नमुना बस्ती र महोत्तरीको बर्दिवास २ मा एकीकृत नमुना मुसहर बस्ती निर्माण गरिसकेको छ। धुर्मसले अब फेरि नयाँ बस्ती बनाउने घोषणा गरेका छन्। अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment