भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
इरानको सडकमा ‘मेस्सी’ पैदल हिँडेपछि हल्लाखल्ला
एजेन्सी । इरानको सहर हमेदानमा फुटबलर लियोनेल मेस्सी पैदल हिँडेपछि अत्याधिक भीड जम्मा भयो । फ्यानको भीडले सडक जाम भएपछि प्रहरीले उनलाई पक्राउ ग¥यो । पछि अनुसन्धान गर्दै जाँदा उनी नक्कली मेस्सी भएको खुलेको छ । मेस्सी जस्तै देखिने इरानी विद्यार्थी रेजा पारसतेश पक्राउ परेका हुन् ।
रेजा सडकमा हिँडेपछि फ्यानहरुले उनलाई मेस्सी नै सम्झेर भीड जम्मा भएको थियो जसका कारण प्रहरीले उनलाई पक्राउ गर्नुपरेको हो । सडकमा मेस्सी हिँडेपछि सडक जाम भएको थियो । उनलाई पछि मुक्त गरिएको छ । रेजाको अनुहार मेस्सीसँग यतिसम्म मिल्छ कि अंग्रेजी स्पोर्ट वेबसाइट युरोस्पोर्ट युकेले हालै मेस्सीको समाचारमा रेजाको फोटो पोस्ट गरेको थियो । रेजा का अनुसार मानिसहरुले उनलाई मेस्सी सम्झिँदा उनी खुसी हुन्छन् । मानिसहरुले उनीसँग सेल्फी खिच्न खोज्दा आफूले मानिसहरुलाई खुसी दिएको सम्झेर सन्तुष्ट हुने रेजाले बताएका छन् ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |





No comments:
Post a Comment