• Breaking News

    Friday, May 5, 2017

    म कांग्रेस हुँ,शेरबहादुरको वधुवा होइन,अब एमालेलाई भोट हालिन्छ,जिताइन्छ

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    म कांग्रेस हुँ,शेरबहादुरको वधुवा होइन,अब एमालेलाई भोट हालिन्छ,जिताइन्छ


     प्रचण्ड पुत्री रेणु दाहालको मेयर बन्ने सपना पूरा गराइदिए वापत प्रधानमन्त्रीको कुर्सी सहजै पाउने आशमा कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै कार्यकर्तालाई बलिको बोका बनाएका छन । एक दिने मेयउरका उमेद्धारका रुपमा चर्चा पाएका दिनेश कोइरालाको भोलीपल्टै टिकट खोसिएपछि उनी सम्पर्कविहीन भएर बसेका छन । कांग्रेस–माओवादी तालमेलका कारण कोइरालाले दिएको उम्मेदवारीलाई बिहीबार कांग्रेसले खोसेर फिर्ता लिएको थियो । बिहीबार अन्तिम समयमा कांग्रेसको केन्द्रले नै उम्मेदवारी फिर्ताको पत्र पठाएपछि निर्वाचन आयोगले कोइरालाको उम्मेदवारी खारेज गरिदिएको थियो ।

    घटनाको केही अगाडिसम्म कोइरालाले उम्मेदावारी फिर्ता नलिने अडान लिएका थिए । पार्टीले एकाएक उम्मेदवारी फिर्ता लिएपछि कोइराला रन्थनिएको अनुमान गर्न गाह्रो छैन । तर उनी पार्टीको जिल्ला सभापतिसँगसमेत सम्पर्कमा छैनन् ।उनी उच्च रक्तचापको बिरामी हुन । कोइरालाको उम्मेदवारी पार्टी सभापति शेरबहादुर देउवा नै सक्रिय भएर खोसिदिएको चर्चा छ । भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाललाई समर्थन गर्ने निर्णय गरेर आफ्नो उम्मेदवारी फिर्ता लिएको हो ।यसैबीच देउवाको यो निर्णयको चौतर्फी विरोध हुँदै गर्दा कांग्रेस कार्यकर्ता करुनाकर शर्माले आफू सभापति देउवाको बधुवा नभएको स्पस्ट पारेका छन । आफू सक्कली कांग्रेसी कार्यकर्ता भएको जनाँउदै उनले आफ्नो दाजु मुक्ति अधकिारीको हत्यारालाई भोट हालिदैन,बरु एमालेलाई भोट हालिन्छ जिताइन्छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture