भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
काठमाडौ वैशाख २८ – चार वर्षअघि नेपालमा पक्राउ गरी भारतलाई बुझाइएको बब्लु दुवेको आज हत्या भएको छ ।
भारतको मोस्ट वाण्टेडको सूचिमा रहेका बब्लुलाई भारतको बेतिया अदालतमा पेसीका लागि लगिरहेको बेला अज्ञात समूहले गोली हानी हत्या गरेको भारतीय सञ्चारमध्यमले जनाएको छ ।
नेपाल प्रहरीले २०७० जेठ १५ गते सीतापाइलाको एक गेस्ट हाउसबाट बब्लुलाई पक्राउ गरेको थियो ।
भारत सिसुवाथान पूर्वी मोतिहारीका ३४ वर्षीय दुबे नेपाल छिरेको खबर भारत प्रहरीले नेपाल प्रहरीलाई दिँदा नारायणी अञ्चलका तत्कालिन एसएसपी सर्वेन्द्रनाथ खनालको नेतृत्वमा आएको टोलीले आठ महिनापछि पक्राउ गरेको थियो ।बब्लु दुबेले भारतको विभिन्न ठाउँमा आपराधिक घटना गरी नेपालमा लुकेर बस्दै आएका थिए । दुबे पहिलो पटक सन् २००१ भारतकै शिवशंकर दुबेलाई छुरा प्रहरी गरी मार्ने प्रयास गरेको अभियोगमा जेल सजाय काटिसकेका छन् भने सन् २००२, २००५, २००७, २००९ मा पटक पटक बैंक लुटपाट तथा हत्याको मुद्दामा पक्राउ १० वर्ष जेल सजाय काटिसका थिए ।
पक्राउ परेका अपराधिक बब्लु दुबेले भारतको जेलमा रहँदा अपराधिक व्यक्तिहरुसँगग मिलेर नेपालका उद्योगीहरुलाई फोन गरेर समेत चन्दा असुल्ने गरेको बताइन्छ । वीरगञ्जका उद्योगी सुरेश केडियालाई उनै बब्लु दुबेले अपहरण गराएको आरोप थियो ।
पछि भारतीय प्रहरीले दुवेलाई दवाव दिएपछि केडिया अपहरण मुक्त भएका थिए । त्यतिबेला वारा, पर्सा र मकवानपुरसम्मका व्यपारीमा बब्लुको आतङ्क नै थियो । त्यहाँका व्यपारीहरुले बब्लुको नामबाट आएका फोन नम्बरसहित प्रहरीलाई उपलब्ध गराएका थिए ।
विहार पिपुल्स लिबरेसन आर्मी नामको एक आपराधिक समुह खडासमेत गरेका थिए । उक्त समुहले हालसम्म भारतका विभिन्न ठाउँमा ३० जनाको हत्या गरिसकेको छ । त्यस्तै भारतीय व्यापारी तथा सर्वसाधारणको करोडौ रुपैयाँसमेत लुटपाट गरेको छ । बब्लु पक्राउ परे लगतै भारतको विभिन्न सुरक्षा निकायका पदाधिकारीहरु अञ्चल प्रहरी कार्यालय नारायणी पुगेका छन् ।
बब्लु पक्राउ भए लगतै भारतका प्रहरीले नेपाल प्रहरीलाई बधाई दिएको खबर त्यतिबेला आएको थियो ।
पक्राउ गरी उनलाई एक हप्तासम्म पर्साको प्रहरी थुनामा राखेको थियो । नेपालमा उसको कुनै अपराध ठहर नभएपछि २०७० जेठ २१ गते भारतीय प्रहरीको जिम्मा लगाएको थियो । दुबेलाई भारत, विहार राज्यको मोतिहारी जिल्लाका एसपी विनय सिंहको नेतृत्वमा आएको टोलीले लिएर गएको थियो ।
आपराधिक समूहलाई नेतृत्व दिँदै आएका उनी भारतीय प्रहरीको कुख्यात अपराधीको लिस्टमा थिए ।
उनी नेपालमा बसेर भारतीय उच्च प्रहरी अधिकारी र सभासद्हरुलाई धम्क्याउँदै चन्दा लिने र कन्ट्रायक्ट किलिङ गराउने काम गर्दै आएको आरोप उनीमाथि थियो ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment