• Breaking News

    Thursday, May 11, 2017

    उपमेयरमा उठेकी सासु–आमालाई सघाएनन् धुर्मुस–सुन्तलीले

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    उपमेयरमा उठेकी सासु–आमालाई सघाएनन् धुर्मुस–सुन्तलीले


     काठमाडौं, बैशाख २८–बिहिबार सीतादेवी घिमिरले ललितपुरको ठैब क्षेत्रमा भोट मागिन् । उनी चर्चित हाँस्यकलाकर कुञ्जना घिमिरे सुन्तलीकी आमा हुन् भने सीताराम कट्टेल धुर्मुसकी सासु ।

    नेकपा माओबादी केन्द्रले ललितपुरको गोदावरी नगरपालिकामा उपमेयरको टिकेट दिएसँगै उनलाई भोट माग्न भ्याई नभ्याई छ ।

    भोट माग्न पार्टीका कार्यकर्ताहरुले सघाइरहेका छन् । तर उनका छोरी ज्वाँई सुन्तली र धुर्मुसले उनको चुनावी प्रचारमा नाक मुख देखाएनन् ।

    ज्वाँई छोरीले सघाएनन् चुनाव प्रचारमा भन्ने रातोपाटीको प्रश्नमा सीतादेवी घिमिरेले भनिन्–“छोरी ज्वाँइलाई आइदिनुपर्यो भनेको हो नी । मान्दै मानेनन् । हामी कुनै पार्टीमा लागेका छैनौँ, तपाई आफै माग्नुस् भने ।”

    ज्वाँई छोरीले नसघाए पनि आफ्नो चुनावी प्रचार राम्रो भइरहेको उनले बताइन् । भोट माग्न जाँदा महिललााई भोट दिनुपर्छ, महिलाले केही गर्नुपर्छ भनेर स्थानीयले आफूलाई विश्वास गरेको उनको भनाई छ ।

    सासुआमाको चुनावमा किन सहयोग नगरेको भन्ने प्रश्नमा सीताराम कट्टेल धुर्मुसले भने–“हामी स्वतन्त्र नागरिक, स्वतन्त्र कलाकार भएकोले हामी कुनै दल बिशेषको चुनावी प्रचारमा जाँदैनौँ । सासुआमाले आग्रह गरेपछि नजिकमा आफन्त र चिनेका केही ब्यक्तिलाई फोन गरेर फोनबाटै भोट मागिदिँए ।”

    चुनावका लागि आफूले महिलाको हक हीत, महिला अधिकार, महिला उत्थान, बाटोघाटोको विकास, धारा पानीको नारा लिएर हिँडेको उनले बताइन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture