• Breaking News

    Monday, May 8, 2017

    हेलिकोप्टर चाटर गरेर भोट माग्दै राप्रपा इमान्दार र सक्षम गरिवले चुनाव लड्ने दिन गएछन !

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    हेलिकोप्टर चाटर गरेर भोट माग्दै राप्रपा इमान्दार र सक्षम गरिवले चुनाव लड्ने दिन गएछन ! 












     तस्विर: कोमल ओलीको फेसबुक बाट

    काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले धादिङको रुबीभ्याली गाउँपालिकामा आयोजित चुनावी सभामा सहभागी हुन हेलिकोप्टर चार्टर गरेका छन्।

    राप्रपाका बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, केन्द्रीय सदस्य कोमल ओलीसहितका नेताहरु सोमबार धादिङको रुबीभ्याली गाउँपालिकामा पार्टीले आयोजना गरेको चुनावी सभामा हेलिकोप्टर चार्टर गरेरै पुग्नु भएको हो। निर्वाचन आयोगले निर्वाचन प्रचार प्रचारको प्रायोजनका लागि हेलिकोप्टर प्रयोग नगर्न राजनीतिक दलहरुका लागि आचारसंहिता लागू गरेको छ। तर, त्यसलाई अटेर गर्दै हेलिकोप्टरको प्रयोग गरेर राप्रपाका नेताहरुले निर्वाचन आचारसंहिताको उल्लंघन गर्नु भएको छ।

     राप्रपाकी केन्द्रीय सदस्य कोमल ओलीले भने आफूहरुले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको दाबी गर्नु भयो। उहाँले रुबीभ्याली गाउँपालिका गाडीमा जान नसकिने भएकाले निर्वाचन आयोगसँग अनुमति लिएरै हेलिकोप्टरमार्फत चुनावी सभामा गएको स्पष्ट पार्नु भयो।

    अन्नपूर्णसँग कुराकानी गर्दै उहाँले भन्नुभयो,‘रुबी भ्याली गाउँपालिकामा जान गाडीमा सम्भव छैन। गाडीबाट झरेर पनि दुई/तीन दिन हिडेपछि मात्रै पुगिन्छ। चुनावी कार्यक्रममा जानै पर्ने भएकाले हेलिकोप्टरमार्फत हामीहरु कार्यक्रमस्थल पुगेर फर्किएका हौं।’ ओलीले आफूहरु निर्वाचन आचारसंहिताप्रति सचेत र जानकार रहेको पनि बताउनुभयो।

    रुबीभ्याली गाउँपालिकामा चुनाव हुँदा काठमाडौंमा रहेका नेता तथा कार्यकर्ता पनि हेलिकोप्टरमार्फत नै मतदान गर्न जाने गरेको ओली बताउनुहुन्छ। राप्रपाका नेताहरु श्री एयर लाइन्सको हेलिकोेप्टर चार्टर गरेर रुबीभ्याली गाउँपालिका पुगेर सोमबारै काठमाडौं फर्किनु भएको छ। अन्नपुर्ण पोष्टबाट

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture