भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
गगन थापाको दबाबमा रिहा भए गुण्डा नाइके
काठमाण्डु, २७ वैशाख– ३१ वैशाखको स्थानीय तह निर्वाचनलाई प्रभावित गर्न सक्ने भन्दै महानगरीय प्रहरी परिसर काठमाण्डुले राजधानीमा गुण्डा नाइकेविरुद्ध अपरेशन तीव्र पारेको समाचार एकपछि अर्को सञ्चार माध्यममा छाइरहेको छ ।
तर, ती गुण्डा नाइकेहरु ‘माथिको आदेशमा’ धमाधम छुटिरहेको समाचार भने सर्वसाधारणले पढ्न पाएका छैनन् । प्रहरीले हालसम्म राजधानीका चर्चित गुण्डा नाइकेहरु दिपक मनाङ्गे, चर्के मिलन, राजन महर्जन, स्याल लगायत ५० भन्दा बढीलाई पक्रेको छ । तर, अधिकांश गुण्डा प्रमुख राजनीतिक दलका नेता र मन्त्रीहरुको दबाबमा रिहा भइरहेका छन् । प्रहरी स्रोतका अनुसार काँग्रेस नेता एवं स्वास्थ्यमन्त्री गगन थापाको दबाबमा गुण्डा नाइके साजन रिहा भएका छन् ।
काँग्रेस निकट गुण्डा साजन सामाखुसी क्षेत्रमा संगठित गुण्डागर्दीमा संलग्न छन् । प्रहरीले निर्वाचनका समयमा उम्मेदवारले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न प्रयोग गर्न सक्ने आशंकामा साजनलाई पक्रेको थियो । गत साता पक्राउ परेका साजनलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डुले सार्वजनिक अपराध ऐनअन्तर्गत पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । तर, गगन दाहिना भएका कारण साजनले दुई दिनभन्दा हिरासत बस्नै परेन ।
उनलाई गगनको दबामा धरौटीमा छाडिएको महानगरीय प्रहरी परिसर काठमाण्डुका एक अधिकारीले जानकारी दिए । यसअघि गुण्डा नाइके कुमार घैंटे मारिँदा गगनले संसदमै कुरा उठाउनुका साथै ‘गुण्डाको मानवअधिकार हनन’ भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा आफैं गएर उजुरी दिएका थिए । उता केही दिनअघि मात्र पक्राउ परेका अर्का गुण्डा नाइके दीपक मनाङगेलाई छाड्न राप्रपा नेता पशुपतिशमशेर राणाले प्रहरीलाई दबाब दिएको स्रोतले बतायो ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment