भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
अपांग बहिनी बोकेर विद्यालय
वैशाख २१, २०७४- प्यूठान नगरपालिका ५, जुम्रिकाँडा पूर्णगाउँका १२ वर्षीय सुनील खत्री ७ वर्षीया अपांग बहिनी मीनालाई बोकेर दैनिक विद्यालय आउजाउ गर्छन् । ६ महिनाको हुँदा मीनाका दुवै खुट्टा आगोले पोलेपछि अपांग बनेकी थिइन् । विद्यालय पुग्न उकालो बाटोका कारण घस्रेर हिंड्नसमेत नसकेपछि बहिनीलाई बोकेर विद्यालय पुर्याउनुपरेको उनले बताए ।
घरदेखि एक घण्टा उकालोमा पर्ने पूर्णागाउँ प्राविमा कक्षा ५ मा अध्यनरत घर्ती बहिनी बोकेर विद्यालय जान थालेको दुई वर्ष भयो । गत वर्ष मीना पनि विद्यालय भर्ना भएदेखि उनले यो जिम्मेवारी सम्हालेका हुन् । बुबाआमा घरमा खेती किसानमा जान्छन् । गर्मीको समय उकालो बाटोमा बहिनी बोकेर विद्यालय पुर्याउन मुस्किल हुने उनी बताउँछन् । विद्यालयमा समेत बहिनीलाई शौचालय बोकेर लैजानुपर्ने उनले जानकारी दिए ।
‘सुनीलले दैनिक बहिनी बोकेर विद्यालय ल्याउने/लग्ने गर्छन्,’ प्रअ शशिधर पण्डितले भने, ‘देख्दा निकै दया लाग्छ ।’ उनले मीनालाई विद्यालयले अपांग छात्रावृत्ति प्रदान गरेको बताए । बालिकालाई कतै आवासीय व्यवस्था हुन सके दाजु– बहिनी दुवैलाई राहत हुने थियो ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment