• Breaking News

    Wednesday, May 10, 2017

    हसियाँ हथौडामा भोट नहाल्ने भन्दै काँग्रेस चितवनमा हंगामा, जिल्ला सभापतिको रुवाबासी (भिडियो)

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस



    हसियाँ हथौडामा भोट नहाल्ने भन्दै काँग्रेस चितवनमा हंगामा, जिल्ला सभापतिको रुवाबासी (भिडियो)

     भरतपुर, २७ वैशाख । प्रचण्डको छोरीलाई मेयर बनाउन पार्टीले तालमेल गरेकोमा आक्रोशित हुदैं नेपाली काँग्रेस चितवनका अगुवा कार्यकर्ताहरुले पार्टीको आन्तरिक बैठकमा हंगामा गरेका छन् ।

    काँग्रेस जिल्ला समितिले महानगरका सबै वडाका अध्यक्ष उम्मेदवार सहित भरतपुरको आईल्याण्ड होटलमा आयोजना गरेको बैठकमा तालमेलले पार्टीलाई ध्वस्त बनाएको भन्दै नारावाजी र नेतृत्वलाई बैठक स्थलमै घेराउ गरेका हुन् । जिल्ला सभापति जीतनारायण श्रेष्ठको उपस्थितीमा भएको बैठक चल्नासाथ रुख चिन्ह सहितको टिसर्ट र टोपी लगाएका अगुवा कार्यकर्ता नारावाजीमा उत्रिएका थिए । उनीहरुले “यो कस्तो तालमेल ? , आफैलाई सिध्याउने षडयन्त्र हुँदा समेत के हेरेर बसेको ?, हसिया हथौडामा कुनै हालतमा भोट हाल्न सकिदैन” भन्दै हंगामा गरेका थिए ।

    नारावाजीमा उत्रिएका मध्ये एक काँग्रेस चितवनका पूर्व कोषाध्यक्ष सुरवीर पोख्रेलले पार्टीका सच्चा कार्यकर्ताले हसिया हथौडामा भोट हाल्न नसक्ने भन्दै आक्रोश पोखे । बैठकमा सहभागी चितवन काँग्रेसका पाका कार्यकर्ता भक्ति तिमिल्सिना लगायत बेकारको तालमेल भन्दै बाहिरिए ।

    बैठक अत्यन्त गोप्य गरिएको थियो । तर, माओवादीसंगको तालमेलले रुष्ट बनेका स्वयम् बैठकमा सहभागी अगुवा कार्यकर्ताले नै मोवाईलमा खिचेको भिडियो युट्युवमा सार्वजनिक भएको छ । साँझको समयमा बैठकमा देखिएको असन्तुष्टि सहन नसकेपछि काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले रुवावासी गरेका थिए ।

    यसबारे नाम नखुलाउने सर्तमा बैठकका एक सहभागीले दिएको जानकारी अनुसार सभापति श्रेष्ठले रुदैं बैठकमा भने– “म अहिले ३८ बर्षको भए म जस्तो युवालाई त चरम पिडा छ पाका पुराना काँग्रेस नेता कार्यकर्तालाई मैले कसरी भनौं हसिया हथौडामा भोट हाल भनेर ।”

    अब असन्तुष्टि मत्थर भयो भन्दै आशावादी बनेका माओवादी पंक्तिलाई यस घटनाले छाँगोवाट खसेझै बनाएको छ । तल्लो तहमा रहेका काग्रेस समर्थक र कार्यकर्ताको असन्तुष्टि झनै चुलीमा छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture