• Breaking News

    Thursday, May 18, 2017

    नतिजा उल्टिएपछि काँग्रेसको विजय उत्सव राेकियाे

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

     नतिजा उल्टिएपछि काँग्रेसको विजय उत्सव राेकियाे

     ४ जेठ, काठमाडौं । बिजय उत्सव मनाउने सबै तयारी भइसकेपछि पराजित हुँदा कस्तो होला ? यस्तै भएको छ चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ मा ।

    नेपाली काँग्रेसले वडा अध्यक्षसहित प्यानल नै जितेको प्रचार गरियो । नेता कार्यकर्ताले बिजयजुलुसका लागि एसएमएस, फोन र सामाजिक सञ्जालबाटै कार्यकर्तालाई बोलाए ।

    तर अन्ततः नतिजा उल्टियो । एमालेका उमेद्बारले ७ मतले चुनाव जितेको पाइयो । त्यसपछि काँग्रेसको बिजय जुलुस रोकिएको छ । काँग्रेस कार्यकर्ताले पुनः मतगणनाको माग गरेका छन् ।

    निर्वाचन कार्यालय र दलका प्रतिनिधिबीच छलफल गरेर अघि बढ्ने सहमति भएपछि अर्काे वडाको मतगणना अघि बढाइएको छ ।

    यसअघि भरतपुर वडा नम्बर १ मा पनि एमालेले यस्तै तयारी गर्दा काँग्रेस १४ मतले जितेको थियो । निर्वाचन कार्यालयले भने ४ नम्बर वडाको अध्यक्षमा को बिजयी भए भन्ने बारेमा आधिकारिक जानकारी अहिलेसम्म सार्वजनिक गरेको छैन ।-Nepaliheadlines

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture