भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
काठमाडौंबाटै नयाँ शक्ति पार्टीका उम्मेदवारको अपहरण
अपहरणमा परेका नयाँ शक्तिका उम्मेदवार मदन गिरी
काठमाडौं, बैशाख २०– स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता गराएका नयाँ शक्ति पार्टीका उम्मेदवार काठमाडौंबाटै अपहरणमा परेका छन् ।
नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट नागार्जुन नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार मदन गिरीलाई बुधबार बेलुका अज्ञात समूहले अपहरण गरेको नयाँ शक्ति पार्टीीले जनाएको छ ।
बुधबार बेलुका ७ः१२ बजे गिरीलाई काठमाडौंको नयाँबजारबाट ४ जनाको समूहले अपहरण गरेको जनाइएको छ ।
नयाँ शक्ति पार्टीले जित्ने सम्भावना बढी भएको ठाउँ भएकोले पहिलेदेखि नै नयाँ शक्तिका उम्मेद्वारहरुलाई डर, धम्की दिने गरिएको नयाँ शक्तिको आरोप छ ।
नयाँ शक्ति पार्टी, नेपालले जित्ने पक्का भएकोले विपक्षीहरुले उम्मेद्वार अपहरण गरेको केन्द्रीय कार्यकारी सदस्य हिसिला यमीले बताइन् । वडाध्यक्षका उम्मेद्वार गिरीको खोजी कार्य भइरहेको र प्रहरीलाई खबर गरिएको उनले बताइन् ।
यसअघि गोरखाको भीमसेन गाउँपालिका वडा नं. ५ का वडाध्यक्षका उम्मेद्वारलाई पनि उम्मेद्वारी दिए ज्यान मार्ने धम्की दिइएको थियो ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment