• Breaking News

    Thursday, May 18, 2017

    बिहानदेखि गोप्य राखेको भरतपुर महानगरको ताजा मत परिणाम सार्वजनिक

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    बिहानदेखि गोप्य राखेको भरतपुर महानगरको ताजा मत परिणाम सार्वजनिक  


     बिहान ९ बजेदेखि देखि गोप्य राखेको भरतपुर महानगरपालिका चितवनको ताजा मत परिणाम साझा बल्ल सार्वजनिक भएको छ। पछिल्ला परिणामहरुमा प्रधानमन्त्री पुत्री दाहाल निरन्तर अत्यधिक मतलेपछि पर्न थालेपछि मतगणना सार्वजनिक गर्न बन्द गरिएको थियो । बिहान ९ बजेसम्मको गणना हुँदा एमालेका मेयर प्रत्यासी देवी ज्ञवाली ७३७४ मत पाएर अगाडि थिए। त्यतिबेला प्रधानमन्त्री पुत्री दाहाल १६४० मतले पछि परेकी थिइन् ।

    त्यसपछिको मत विवरण सार्वजनिक गरिएको थिएन।
    सूचना लुकाउने नियतप्रति सञ्चारकर्मीले विरोध जनाएका छन्। उनीहरुले मतगणनास्थल बाहिर नाराबाजी गर्दै परिणाम सार्वजनिक गर्न माग गर्दै दवाव दिएपछि साझा बल्ल मत विवरण बाहिर ल्याइएको छ।

    भरतपुरमा काँग्रेस र माओवादीबीच चुनाबी तालमेल भएको थियो। मेयरमा काँग्रेसले माओवादी केन्द्रकी रेणु दाहाललाई समर्थन गरेको थियो। मेयर पदका लागि उम्मेदवारबिनाको रुख चिन्हमा प्रशस्त छाप लागेको भए पनि त्यसलाई गोप्य राखिएको छ।

    यस्तो छ भरतपुर महानगरपालिका चितवनको ताजा अपडेट
    नेकपा एमाले : देवी ज्ञवाली ९२१२
    माओवादी केन्द्र : रेणु दाहाल ७४३३
    राप्रपा : ब्रद्रि तिमल्सिना ६११
    नयाँ शक्ति : सूर्यप्रसाद तिमिल्सि

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture