• Breaking News

    Sunday, May 7, 2017

    गर्मीमा खुट्टाबाट जुत्ताको गन्ध आउने समस्याको समाधान गर्नुहोस् घरमै .....

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    गर्मीमा खुट्टाबाट जुत्ताको गन्ध आउने समस्याको समाधान गर्नुहोस् घरमै .....

     एजेन्सी । गर्मी सुरु भएसंगै पसिनाबाट उत्पन्न हुने समस्या बढ्छ । यसको लागी कतिपयले विभिन्न बडी स्प्रे तथा पर्फ्युको प्रयोग गर्दछन् भने कतिले नियमित नुहाउनु, पानी पिउने अनि सन्तुलिन भोजनमा ध्यान दिने गर्दछन् ।गर्मीमा देखा पर्ने अर्को एउटा समस्या हो जुत्ताबाट आउने गन्ध । अफिस होस् या घर जुत्ताबाट खुट्टा निकाल्दा वित्तिकै नराम्रो गन्ध आउँन थाल्छ । कतिपय अवस्थामा आफ्नो गन्हाउने जुत्तादेखि आफै लज्जित हुनुपर्ने हुन्छ । खुट्टाबाट आउने त्यस्तो गन्धलाई ब्रोमिहाइड्रोसिस पनि भनिन्छ । यस्तो समस्या शरिरमा हुने विभिन्न ब्याक्टेरियाको कारणले हुन सक्छ । त्यसैले यसको समस्या समाधानका लागि यी तरिका अपनाउनुस् ।

    १. बेकिंग सोडा खुट्टाबाट आउने गन्ध हटाउन बेकिंग सोडा अति उपयोगी मानिन्छ । यसले पसिनाको पिएच लेवल सामान्य राखी ब्याक्टेरियालाई नियन्त्रण गर्दछ । हल्का तातोपानीमा बेकिंग सोडालाई मिसाएर १५ देखि २० मिनेटसम्म खुट्टा पानीमा डुवाउनाले समस्या हटेर जान्छ ।

    २. वास्नादार तेल यसले वास्ना दिने मात्र नभई ब्याक्टेरिया मार्नमा समेत सहयोग गर्दछ । हल्का तातो पानीमा केहि थोपा तेल मिसाएर केहि समयसम्म खुट्टामा लगाइराख्नाले गन्ध हट्दै जान्छ ।

    ३.फिटकिरी यसमा एन्टि सेफ्टिक गुण हुन्छ । जसले व्याक्टेरियालाई रोकी खुट्टाको गन्ध हटाउछ । एक चम्चा फिटकिरी पाउडरलाई एक जग पानीमा मिसाएर खुट्टा धुनाले एकैछिनमा गन्ध हट्छ ।

    ४. नुन यसले पसिनाबाट हुने संक्रमणलाई रोक्दछ । यसलाई फिटकिरि सरह प्रयोग गर्न सकिन्छ ।

    ५. अदुवा अदुवाको रसले खुट्टामा मालिस गर्नाले गन्ध हटेर जान्छ ।

    ६. र सबैभन्दा सजिलो र उत्तम उपाय जुत्ता प्रयोग गरिसकेपछि खुट्टा धुने हो । र नियमित जुत्ता अनि मोजा धुने गर्नुस्।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture