भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
अनिश्चतकालीन शैक्षिक आम हड्ताल तेस्रो दिन फिर्ता
कञ्चनपुर, बैशाख २६ । कञ्चनपुरका संयुक्त विद्यार्थी संगठनले निजि विद्यालयका विरुद्ध आह्वान गरेको अनिश्चतकालीन शैक्षिक आम हड्ताल मंगलबार तेस्रो दिन फिर्ता लिएका छन् । शैक्षिक आम हड्ताल फिर्ता भएसँगै बुधबार देखी निजि शिक्षण संस्थाको पठपाठन सुचारु हुने भएको छ ।
कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी प्रेम सिह कुँवरको संयोजकत्वमा बसेको सर्वपक्षिय बैठकमा निजि विद्यालयले शिक्षण शुल्क बढाउन नपाउने सहितका आठ बुँदे सहमतीपछि विद्यार्थी संगठनले जारि आन्दोलन फिर्ता लिएको उपजिल्ला शिक्षा अधिकारी पदमराज भट्टले जानकारी दिएका छन् ।
उहाँका अनुसार जिल्ला प्रशासन कार्यालय, जिल्ला शिक्षा कार्यालय, विद्यार्थी संगठन, पेशागत शिक्षक संघ÷संगठन, प्याबसन एनप्याबस र आई प्याबसनका प्रमुख तथा प्रतिनिधीबिचको संयुक्त बैठकमा निजि विद्यालयले शिक्षण शुल्क बृद्धि नगर्ने, पुनः भर्ना अथात् एक कक्षा उत्र्तिण गर्दा सोही विद्यालयमा अर्को कक्षा अध्ययन गर्दा शुल्क लिन नपाउने सहमती भएको छ ।
यसैगरी सामुदायिक विद्यालयले शुल्क लिन नपाउने, शैक्षिक शुल्क लिएका सामुदायिक विद्यालयलाई शुल्क फिर्ता गर्न लगाउने, जेठ मसान्त भित्र निजि विद्यालयको स्तर वर्गीकरण गर्ने, कुनै विद्यालयले मापदण्ड विपरीत सवारीसाधन सञ्चालन गरिरहेको भए रोक लगाउने, जिल्ला शिक्षा अधिकारीको संयोजकत्वमा संवाद समिति गठन गर्ने निर्णय भएको उप जिल्ला शिक्षा अधिकारी भट्टले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी, विद्यार्थी संगठनका प्रतिनिधी, पेशागत शिक्षक संघसंगठन, प्याबसन, एनप्याबसन र आईप्याबसनका प्रतिनिधी सहितको संम्वाद समितिले शिक्षा क्षेत्रका समस्या समस्या र समाधानका लागि सुझाव दिने जनाइएको छ । यसअघि शैक्षिक विकृतिका विरुद्ध भन्दै आन्दोलित विद्यार्थी संगठनले निजि विद्यालय सञ्चालक बृद्धि गरिएको शुल्क फिर्ता गर्न सहमत नभएपछि शुक्रबार जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्दै निजि शैक्षिक संस्था विरुद्ध आम हडतालमा उत्रिएका थिए ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |


No comments:
Post a Comment