भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस
![]() |
नेपाली चेली एवं बलिउड अभिनेत्री मनिषा कोइराला चर्चित शो ‘द कपिल शर्मा शो’ मा पुगेकी छन् । उनी आफ्नो बलिउडको कमब्याक चलचित्र “डियर माया” को प्रमोशनका लागि कपिल शर्माको शो मा पुगेकी हुन् ।
उनले ट्विटरमा कपिल शर्मासँग उनको सुटिङ सेटमा खिचेको फोटो सेयर गर्दै यो कुराको जानकारी गराएकी हुन् । उनले सबैलाई हँसाएकोमा कपिल शर्मालाई धन्यवाद पनि दिएकी छन् । मनिषा कोइरालाको “डियर माया” को ट्रेलर केहि समय अघि रिलिज गरिएको थियो । जसमा मनिषा कोइराला एक वृद्धाको भूमिकामा सशक्त भएर देखा परेकि छन् ।क्यान्सरको मुखमा परेर क्यान्सरलाई जितेर आएकी मनिषा कोइराला हाल भारतमा छिन् । उनी बलिउडका सलमान, शाहरुख र आमिर सबैसँग चलचित्र खेलिसकेकी छिन् । कुनै बेला मनिषा कोइराला बलिउडकी नंम्बर वान नायीका थिईन् । तर बढ्दो उमेर र क्यान्सरले समातेपछि उनी बलिउडबाट टाढिएकी थिईन् । ‘कपिल शर्मा शो’ मा सुट भएको उनको एपिसोड कहिले प्रशारण हुन्छ त्यो भने हेर्न बाँकि नै छ।
भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
![]() |




No comments:
Post a Comment