• Breaking News

    Thursday, May 4, 2017

    खाडीमा काम गर्न जाने नेपाली कामदारको स्वास्थ्य जोखिममा ! यस्तो छ कारण

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस

    खाडीमा काम गर्न जाने नेपाली कामदारको स्वास्थ्य जोखिममा ! यस्तो छ कारण

     गरिबी र बेरोजगारीका कारण जीविकोपार्जनका लागि आर्थिक स्रोत जुटाउन खाडी मुलुक गएकाहरुमा पछिल्लो समय जटिल स्वास्थ्य समस्या बढ्दो छ ।

    कडा परिश्रमका कारण उनीहरुमा मृगौला मुटु लगायतका जटिल स्वास्थ्य समस्या देखिने गरेको चिकित्सकहरुले बताएका छन् । धन कमाउने आशमा खाडी पुगेर मृगौला फेल भएर फर्किनेहरुले खाडी मुलुक जानेहरुलाई स्वास्थ्यको ख्याल गरेर काम गर्न सुझाब समेत दिएका छन् ।

    नेपालबाट एक हप्ता अगाडि मात्र कुवेत गएका म्याग्दीको मुदी गाविस–९ बगरका २२ वर्षीय केशव तिलीजामगरको शनिबार राति सुतेकै ठाउँमा मृत्यु भयो । त्यसैगरि धनुषाका महमद अन्सारीको पनि साउदीमा काम गरेको केहि बर्षमै दुवै किड्नी फेल भएपछि अहिले नेपाल मानब अंग प्रत्यारोपण केन्द्रमा किड्नी प्रत्यारोपण गरेर उपचार गराई रहेका छन् ।

    साउदी गएर कडा परिश्रम गरेर कमाएको पैसा दुवै किड्नी फेल भएपछि उपचारमै सकिएको उनी बताउँछन् । नेपाल बाट जानु अगाडि आफ्नो स्वास्थ्य ठीक रहेको र साउदीमा कार्पेट काट्ने मेसिनमा कडा परिश्रमले किड्नी फेल भएको हुन् सक्ने उनको अनुमान छ ।

    बैदेशिक रोजगारमा जाँदा मेडिकल चेकजांचमा स्वास्थ्य रहेका नेपाली युवाहरु खाडीमा गए पछि बिस्तारै बिभिन्न स्वास्थ्य समस्या देखिने गर्छ कति त बिरामी भएर फर्किन्छन् कति मृगौला फेल भएर ।

    मुटुको रोग लागेर त कत्ति क्यान्सर भएर नेपाल फर्किन्छन् भने धेरैले ज्यान समेत गुमाएका छन् नेपालमा दैनिक ५ /७ जनाको शब खाडी मुलुकबाट आउने गरेको छ ।

    साउदीबाट दुवै मृगौला फेल भएर फर्किएका धनुषाका महमद अन्सारीले खाडीमा काम गर्ने सबै नेपालीलाइ आफ्नो स्वास्थ्य ख्याल गरेर काम गर्न र खानपानमा ध्यान दिन सुझाब दिन्छन् ।

    चिकित्सकहरुक अनुसार क्यान्सर मृगौला रोग मुटु लगायतका जटिल स्वास्थ्य समस्याहरु लिएर आउनेहरुलाई सोध्दा धेरै जसो पहिलो पटक बैदेशिक रोजगार गएकाहरु हुने गरेको बताएका छन् ।

    गरिबीको कारण स्वास्थ्यको ख्याल नगरी खाडीमा कडा परिश्रम गरि कमाएको धन पछि गएर स्वास्थ्य उपचार मै खर्च गर्नु पर्ने बाध्यता धेरैका लागि आइपरेको छ । एजेन्सीको सहयोगमा

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture