• Breaking News

    Sunday, May 7, 2017

    यस्ता फोटो देखेर विचलित हुनुहुन्छ भने तपाईंलाई हुनसक्छ यस्तो रोग

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    यस्ता फोटो देखेर विचलित हुनुहुन्छ भने तपाईंलाई हुनसक्छ यस्तो रोग

     बैशाख २४ – फोबिया अर्थात् डर । वैज्ञानिकका अनुसार कुनै कुरासँग लगातार डराउनु नै फोबिया हो । थुप्रै मानिसहरुलाई यसको कारणले प्यानिक अट्याक पनि हुन्छ । हाइड्रोफोबिया (पानीसँग डर) र एक्रोफोबिया (उचाईसँग डर) को बारेमा तपाईंले सुन्नुभएको होला तर आज हामी तपाईंलाई यस्ता ७ फोबियाबारे जानकारी दिँदैछौं जसबारे निकै कम मानिसलाई थाहा छ ।

    माथिको फोटो हेरेर विचलित हुनुभयो भने बुझ्नुहोस् ट्राइपोफोबियाः


     – ट्राइपोफोबिया साना प्वाल र अचम्मका प्याटर्न देखेर लाग्ने डरलाई भनिन्छ ।

    – केही समय पहिले इन्टरनेटमा यो फोबियाको विषयमा थुप्रै फोटो सार्वजनिक भएको थियो ।

    – केही अनुसन्धानकर्ताका अनुसार अनलाइनमा तस्बिर हेरेर विचलित भएर उक्त फोबियाको शिकार भएको भनी मानिसहरुले यस्तो दाबी गरिरहेका थिए ।

    – हुन त अमेरिकन साइकायट्रिक असोसियसनलाई आधिकारीक रुपमा यो फोबियाको एकजना पनि रोगीबारे थाहा नभएको बताएको छ तर इन्टरनेटमा हज्जारौं मानिसहरुले आफूलाई यो फोबियाबाट ग्रस्त बताएका छन् ।

     २. डिस्मोर्फोफोबियाः


    – यो फोबियाको शिकार मानिसहरु आफ्नो फिगरबारे निकै तनावमा हुने गर्दछन् । आफूलाई परफेक्ट बनाउनका लागि कुनै पनि हदसम्म जान तयार हुन्छन् ।

    – यस्ता मानिसहरु पहिलेदेखि नै दुब्ला हुन्छन् तर आफूलाई मोटो सम्झेर तौल यतिसम्म घटाउँछन् कि उनीहरुका लागि घातक हुने गर्दछ ।

    – धेरैजसो मानिसहरु यो फोबियालाई बुझ्दैनन् । उपचार नहुँदा थुप्रै मामलामा व्यक्तिले आत्महत्या गर्ने गर्दछन् ।


     ३. पोगोनोफोबियाः

    – यो फोबिया धेरैजसो प्युबर्टीसँग गुज्रिरहेका पुरुषमा देखिन्छ ।

    – यसमा ती पुरुषहरुलाई दाह्रीसँग डर लाग्छ ।

    – यसको शिकार मानिसहरु आफ्नो अनुहारमा थोरै रौं देख्दा पनि निकै तनावमा हुने गर्दछन् ।


     ४. प्युपाफोबियाः

    – यो फोबियाका शिकार मानिसहरुलाई काठको पुतलीसँग डर लाग्छ ।

    – यो डरको सुरुवात बाल्यकालदेखि नै हुन्छ ।

    – यस्ता बिरामीहरु काठको पुतलीलाई जिउँदो सम्झिएर डराउने गर्दछन्  । यसको शिकार थुप्रै मानिसहरुले यसलाई सपनामा पनि देख्ने गर्दछन् जसमा काठको पुतलीले उनीहरुको हत्या गर्न खोजेका हुन्छन् ।


     ५. स्पेक्ट्रोफोबियाः

    – यो फोबियाको शिकार मानिसहरुलाई ऐना हेर्न डर लाग्छ ।

    – उनीहरुले ऐनामा केही छायाँ देखिरहेका हुन्छन् ।

    – धेरै हरर मुभी हेर्ने भएकाले मानिसहरु यो फोबियाको शिकार हुने गर्दछन् ।


     ६. हेक्साकोसीहेक्सोकोनटाहेक्सोफोबियाः

    – यो फोबियालाई साधारण भाषामा ६६६ भनिन्छ ।

    – यो फोबियाको सम्बन्ध अन्धविश्वाससँग जोडिएको छ । केही मानिसहरुले ६६६ शैतानसँग जोडिएको अंक भन्ने गर्दछन् । यो कुरा बाइबलमा पनि भनिएको छ ।

    – सन् २००६ मा ६ जून अर्थात् ६ /६ /०६ का यस्ता थुप्रै घटना सार्वजनिक भए जसमा गर्भवती महिलाले डाक्टरसँग कुरा गरेर आफ्नो बच्चालाई जन्म दिनका लागि मीति सारेका थिए ।


     ७. अब्लूटोफोबियाः

    – यो फोबियाका शिकार मानिस सधैं सफा–सुग्घर बारे सोच्ने गर्दछन् ।

    – सानोभन्दा सानो काम गरेपछि पनि उनलाई नुहाउन मन लाग्छ ।

    – हुन त यसको शिकार कोही पनि हुनसक्छन् तर धेरैजसो महिला र बच्चा नै यसको शिकार हुने गर्दछन् ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture