• Breaking News

    Wednesday, May 17, 2017

    भरतपुर ३ मा कांग्रेस विजयी, रेणुको भोट बढेन

    भिडियो हेर्न तलको बक्स भित्र किल्क गर्नुहोस


    भरतपुर ३ मा कांग्रेस विजयी, रेणुको भोट बढेन

     भरतपुर, जेठ ३– चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर ३ को मतगणना पनि सकिएको छ ।

    नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको गठबन्धनमा भएको भरतपुर महानगरपालिकामा वडा नम्बर ३ मा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ३ मा चन्द्रमित्र पण्डित विजयी भएका हुन् ।

    वडा नम्बर १ मा पनि नेपाली कांग्रेस नै विजयी भएको छ । दुई वडामा कांग्रेस विजयी भए पनि काँग्रेसको समर्थनमा उठेकी माओवादीको मेयरकी उम्मेदवार रेणु दाहालको भोट भने त्यति अनुपातमा आएको छैन ।

    महानगरको तीन वटा वडाको मतगणना सकिँदा माओवादी उम्मेदवार रेणु दाहालको ३ हजार ५ सय ३९ मत प्राप्त भएको छ भने एमाले उम्मेदवार देबी ज्ञवालीको ५ हजार २ सय १७ मत प्राप्त भएको छ ।

    उपमेयरमा भने एमाले उम्मेदवार र माओवादी समर्थनको कांग्रेस उम्मेदवारको झण्डै झण्डै बराबर मत रहेको छ । एमाले उम्मेदवार दिब्या आचार्यले ८ भोट मात्रै बढी पाएकी छन् ।

    उपमेयरमा कांग्रेसकी पार्वती शाहले ४ हजार ३ सय ४६ मत प्राप्त गरेकी छन् । भरतपुर र पोखरा–लेखनाथ महानगरमा नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन गरिए पनि एक पार्टीले अर्कोलाई मत नदिएको नतिजा देखिएको छ ।

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture